बर्जरको कलर स्प्ल्यास योजना

सोमबार, १६ भदौ २०७६, ०१ : ०९ शुक्रवार
बर्जरको कलर स्प्ल्यास योजना

नेपालमा सन् २००० देखि सजावटी रङ उत्पादन गर्दै आएको बर्जर जेन्सन एन्ड निकल्सन (नेपाल) ले बडादसैं र तिहारको अवसरमा बर्जर कलर स्प्ल्यास आयोजना आरम्भ गरेको छ। भदौ १ गतेदेखि सञ्चालनमा आएको योजना कात्तिक मसान्तसम्म लागू हुने कम्पनीले जनाएको छ।

योजनाअन्तर्गत एक सय वर्ग फिट सिल्क इलुसन डिजाइनको स्योर सट उपहार प्राप्त गर्न छानिएका ब्रान्ड खरिद गर्नुपर्ने जनाएको छ।

योजनाअन्तर्गत एकजना भाग्यशाली विजेताले बम्पर पुरस्कारमा नगद पाँच लाख रुपैयाँ र दुई जोडीले लन्डन ट्रिपको अवसर पाउने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

अन्य पुरस्कारमा ३२ इन्चको सामसुङ एलइडी टिभी २५ जनालाई, आन्तरिक ट्रिप ५० जोडीलाई र सामसुङ मोबाइल फोन सय जनालाई प्रदान गरिने जनाइएको छ।

उपभोक्ताले बर्जर पेन्टले रंगाइएका बाहिरी र भित्री भित्ताको फोटो अपलोड गरेर डिजिटल प्रतियोगितामा सहभागी हुन सक्नेछन्। सहभागीमध्ये ३३ जनाले विभिन्न पुरस्कार जित्न सक्नेछन्। जारी योजना बर्जरका प्रमुख उत्पादन वेदरकोट लङ लाइफ, वेदरकोट अलगार्ड एक्सपी, वेदरकोट अलगार्ड, वेदरकोट एन्टी डस्ट, सिल्क ग्ल्यामर एक्सपी, सिल्क ब्रेथ इजी, सिल्क लक्जरी, इजी क्लिन एक्सपी र इजी क्लिनमा लागू रहेको पनि कम्पनीले जनाएको छ।

Leave A Comment