इलाभेन एरोजलाई पाथीभरा गोल्डकप

सोमबार, १६ भदौ २०७६, १२ : ०८ शुक्रवार
इलाभेन एरोजलाई पाथीभरा गोल्डकप

इलाभेन एरोज क्लब सुनसरीले चौथो पाथीभरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ। साविक विजेता रेडस्टार फुटबल क्लब झापालाई टाइबे्रकरमा ४–२ गोलले पराजित गर्दै सुनसरीले उपाधि जितेको हो।

उपाधिसँगै सुनसरीले नगद तीन लाख ११ हजार एक सय ११ पायो, उपविजेता रेडस्टार फुटबल क्लबले एक लाख ५१ हजार एक सय ११ रुपैयाँमा पायो।

प्रतिस्पर्धात्मक खेलको अन्तिम एक मिनेट सम्हालिन नसक्दा रेडस्टार उपविजेतामा सीमित हुन पुग्यो। निर्धारित ९० मिनेटमा दुईपटक रेडस्टारले लिएको अग्रता जोगाउन सकेन। निर्धारित समयमा खेल २–२ गोलको बराबरी भएपछि खेलको निर्णय टाइबे्रकरबाट लिइएको थियो।

मिलन राईले ८७ औं मिनेटमा गोल गर्दा खेल सकिन एक मिनेट बाँकी रहँदा इलाभेन एरोजका सुशान्त तामाङले गोल गर्दै खेललाई बराबरी गरेका थिए। टाइब्रेकरमा ४–२ को जित निकाल्दै इलाभेन एरोजले उपाधि जित्यो।

प्रतियोगितामा प्रवेश दनुवार उत्कृष्ट खेलाडी बने। सुनसरीका प्रिसो उत्कृष्ट गोलरक्षक, विष्णु सुनुवार डिफेन्स, मिडफिल्डर, मिलन राई फरवार्ड, विश्वबन्धु पोखरेल प्रशिक्षक र यानिक ओना उच्चकर्ता बने।
 

Leave A Comment