‘जीवन काँडा कि फूल’को ट्रेलर

शुक्रबार, १३ भदौ २०७६, ०१ : ५७ शुक्रवार
‘जीवन काँडा कि फूल’को ट्रेलर

फिल्म ‘जीवन काँडा कि फूल’को ट्रेलर सार्वजनिक गरिएको छ। राजधानीमा मङ्गलबार एक कार्यक्रम आयोजना गरी ट्रेलर सार्वजनिक गरिएको हो।

ट्रेलरलाई नेपाल चलचित्र कलाकार सङ्घका उपाध्याक्ष मोहन निरौला, निर्देशक विनोद विष्ट, निर्देशक समाजकी अध्यक्ष सुचित्रा श्रेष्ठ लगायतले सार्वजनिक गरेका थिए।

साहित्यकार झमक घिमिरेको जीवनीमा आधारित रहेर चलचित्र बनाइएको हो। फिल्मले झमक घिमिरेको बाल्यकाललाई फिल्मले पर्दामा देखाउने प्रयास गरेको निर्माता–निर्देशक विनोद विष्टले बताए। झमकको बाल्यकाकालको भूमिकामा अवस्था थापाले अभिनय गरेकी छन्। साथै किशोरी झमकमा रोजिता बुद्धाचार्य देखिने छिन्। त्यस्तै झमकको बहिनीको भूमिकामा सारिका घिमिरे, बुबामा किसन सुनार, आमा उमा गिरीलगायत ३० भन्दा बढी कलाकारको अभिनय रहेको छ।

झमक घिमिरेको कथा, मुक्ति उपाध्याय बरालको पटकथा÷संवाद रहेको चलचित्रमा झमक र प्रकाश सिवाकोटीको गीत छ। प्रकाशकै सङ्गीत रहेको गीतमा जुनु गौतमको स्वर रहेको छ भने नृत्य निर्देशक कमल राई रहेका छन्। फिल्म आगामी कार्तिक २२ गते प्रदर्शनमा आउने भएको  छ।

Leave A Comment