फिल्म नचल्नुमा नम्रताले दिइन् निर्माण पक्षलाई दोष

शनिबार, ०७ भदौ २०७६, ०१ : ४७ शुक्रवार
फिल्म नचल्नुमा नम्रताले दिइन् निर्माण पक्षलाई दोष

नायिका नम्रता श्रेष्ठले फिल्म नचल्नुमा निर्माण पक्षलाई दोष दिएकी छिन्। फिल्मको निर्माण नै फितलो भइदिँदा यस्तो समस्या आएको उनको दाबी छ। पछिल्लो समय एकपछि अर्को फिल्म फ्लप हुनुको कारण निर्माण पक्ष रहेको नम्रताले सुनाइन्। ‘फिल्म निर्माण गर्ने युनिट बलियो भयो भने यस्तो समस्या आउँदैन। शुक्रबार पोखरामा फिल्म पत्रकार संघ कास्कीले गरेको पत्रकार सम्मेलनमा बोल्दै नम्रताले भनिन्।

नम्रताका अनुसार अहिले कतिपय फिल्म रिसर्चविना बनिरहेका छन्। दर्शकले चाहेको जस्तो फिल्म निर्माण नभएको उनले बताइन्। भदौ ६ गते शुक्रबारबाट अल नेपाल रिलिज हुँदै गरेको नम्रता मुख्य अभिनित फिल्म ‘जाइरा’ को प्रचार–प्रसारका लागि पोखरा आएकी उनले आफ्नो फिल्म भने दर्शकको चाहनाअनुसार बनेको दाबी गरिन्। मिक्स मार्सलआर्ट भूमिकामा नारी प्रधान कथामा आधारित फिल्ममा महिलाको आरोह–अवरोहलाई प्रस्तुत गरिएको उनले बताइन्।

फिल्मका लागि नम्रताले ८ महिनाको मार्सलआर्ट तालिमसमेत लिएकी थिइन्। ‘जाइराको सुरुमा उनलाई अफर आउँदा सक्दिन कि जस्तो लागेको थियो। निर्देशक आशुतोषराज श्रेष्ठले मेरै लागि फिल्मको कथा तयार पारेका रहेछन्। कथाको स्क्रिप्ट पढ्दै जाँदा मन प-यो अनि तयार भएँ, फिल्म खेल्नुको रहस्य बताउँदै उनले भनिन्।

जाइरामा नम्रता लिडरोलमा छिन्। अनुपविक्रम शाही, प्रमोद अग्रहरि, सुजता श्रेष्ठ र सम्राट मगरलगायतका कलाकारको अभिनय रहेको फिल्ममा सम्राट नम्रताको गुरुको रुपमा पर्दामा देखिनेछन्। कलाकार प्रमोद अग्रहरिले जाइरामा आफ्नो नेगेटिभ भूमिकामा छन्। नम्रताको आफ्नै ब्यानरबाट निर्माण भएको जाइरामा नम्रताकै लगानी छ। फिल्ममा सिर्जना रेग्मी, रेमन दासको समेत अभिनय छ।

Leave A Comment