पाँच अर्ब डलरमा बिक्यो याहू

बिहिबार, २० साउन २०७३, ११ : ०४ शुक्रवार , Kathmandu
पाँच अर्ब डलरमा बिक्यो याहू

अमेरिकी टेलिकम जायन्ट भेरिजोन कम्युनिकेसनले याहू सर्च किन्नेका भएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार भेरिजोनले पाँच मिलियन डलरमा याहू सर्च किन्न सहमत भएको हो । यी दुई कम्पनीबीच गत शुक्रवार दुई पक्षीय सम्झौताका लागि छलफलमा भएको थियो ।
अमेरिकी कम्पनी याहूले गत फेब्रुअरीमा आफूहरू रणनीतिक विकल्पको खोजीमा  रहेको बताएको थियो । भेरिजोनले भने यसबारे सूचना दिन अस्वीकार गरेको छ ।
केही वर्षयता याहूलाई समसामायिक हिसाबमा अघि बढ्न नसकेको आरोप लाग्दै आएको थियो । गत हप्ता एक रिपोर्टले याहू ४ सय ४० मिलियन डलर घाटामा रहेको देखाएको थियो ।
इन्टरनेट विज्ञ कोलिन गिलिसले याहू स्पष्ट रूपमा घाटामा रहेको र विकल्पको खोजीमा रहेको बताएका थिए । उनले भनेका थिए– ‘हामी पाँच विलियन हाराहारीको कुनै पनि सम्झौताको स्वागत गर्दछौँ ।’
यस सम्झौताबारे औपचारिक घोषणा आगामी सोमवार हुने विश्वास गरिएको छ ।

Leave A Comment