दीपिकाले ‘मिटु’ आरोपितसँग काम नगर्ने

शनिबार, २५ साउन २०७६, ०३ : ३० शुक्रवार
दीपिकाले ‘मिटु’ आरोपितसँग काम नगर्ने

बलिउड अभिनेत्री दीपिका पादुकोणले यौन दुव्र्यवहारको आरोपितसँग काम नगर्ने भएकी छिन्। भारतीय सञ्चार माध्यमसँग कुराकानी गर्दै उनले यौन दुव्र्यवहारको आरोपितसँग काम नगर्ने बताएकी हुन्। हालै भोग इन्डिया नामक म्यागेजिनले सोधेको प्रश्न, ‘यौन दुव्र्यवहारको आरोप लागेकासँग काम गर्दै हुनुहुन्छ ?’, को जवाफ दिँदै उनले भनिन्,‘ होइन्। म गर्दिन्।’ उनको यो जवाफले फ्यानहरू खुसी भएका छन्।

केही दिनअघि उनीविरुद्धको ‘नटमाईदीपिका’ ह्यासट्याग टेन्डिङमा परेको थियो। बलिउड अभिनेता रणवीर कपुरसँग निर्देशक लभ रञ्जनको घरमा देखिएकी अभिनेत्री पादुकोणविरुद्ध ‘नटमाईदीपिका’ ह्यासट्याग ट्वीटरको टेन्डिङमा परेको थियो।

अभिनेत्री पादुकोण र अभिनेता रणवीर कपूरसँग निर्देशक लभ रञ्जनले भेट गरेका थिए। भेटपछि रञ्जनको फिल्ममा अभिनेत्री पादुकोणले काम गर्न लागेको खबर एकाएक बाहिर आएको थियो। निर्देशक रञ्जनसँग अभिनेत्री पादुकोणले काम गर्न लागेको चर्चा भएपछि ट्वीटरमा यसको विरोध भएको थियो।  मिटु अभियानअन्तर्गत यौन दुव्र्यवहार गर्ने निर्देशकको फिल्ममा अभिनेत्री पादुकोणले काम गर्न लागेको भन्दै उनका फ्यानहरू दुखित थिए। उनका फ्यानहरूले यौन दुव्र्यवहार गर्ने निर्देशकको फिल्ममा काम गर्ने निर्णयबारे पुनःविचार गर्न आग्रह गरेका थिए।

दुई कलाकारहरू ‘सोनी के टीटु की स्वीटी’ फिल्मका निर्देशकसँग नयाँ प्रोजेक्टको विषयमा कुराकानी गर्न उनको घर पुगेका थिए। गत वर्ष मिटु अभियानअन्तर्गत एक अभिनेत्रीलाई यौन दुव्र्यवहार गर्नेमा निर्देशक रञ्जनको नाम आएको थियो। सन् २०११ मा ‘प्यार का पञ्चनामा’ फिल्मको लुक्स टेस्टको दौरान एक अभिनेत्रीलाई बोलाएर यौन दुव्र्यवहार गरेको घटना बाहिरिएको थियो।साभारःनागरिक दैनिक

 

Leave A Comment