रमाउँदै करिना

बिहिबार, २० साउन २०७३, १० : ०४ शुक्रवार , Kathmandu
रमाउँदै करिना

बलिउड अभिनेत्री करिना कपुर अहिले गर्भवती छिन् । गर्भवती भए पनि भेटघाटलगायत कार्यक्रमलाई उनले अझैसम्म निरन्तरता दिइरहेकी छिन् ।
गत साता उनी बलिउड निर्माता सञ्जय कपुरको घरमा देखापरिन् । कालो पहिरनमा सजिएर उनी सञ्जयले दिएको पार्टीमा सहभागी हुन पुगेकी थिइन् । उनीसँगै उनकी दिदी करिश्मा कपुर र निर्देशक करन जौहरसँग उनी सञ्जयको घर पुगेकी थिइन् ।
गर्भवती भएको बेला पनि तपाईं यसरी सक्रिय कसरी हुनुहुन्छ भनी सोध्दा फन्किँदै करिनाले केही समयअघि भनेकी थिइन्, ‘म गर्भवती भएकी छु, मरेकी छैन । बच्चा जन्माउनु सामान्य कुरा हो । यस्तोमा म सक्रिय हुँदा के नै अचम्म भयो र ?’

Leave A Comment