बेलायतमा डेटिङ एप लोकप्रिय

बिहिबार, २० साउन २०७३, १० : ०१ शुक्रवार , Kathmandu
बेलायतमा डेटिङ एप लोकप्रिय

बेलायतमा गरिएको एक सर्वेक्षणले बेलायतीहरूमा डेटिङ एपको प्रयोग गर्ने क्रम बढेको देखाएको छ । सर्वेक्षणमा सहभागीमध्ये एकतिहाई मानिसले आफैँ गर्लफ्रेन्ड तथा ब्वाइफ्रेन्ड खोज्नुभन्दा पनि स्मार्टफोनमा भएको डेटिङ एपको प्रयोग गरी सम्भावित पार्टनर खोज्न सहज हुने बताएका थिए ।
उनीहरूले यसका लागि सामाजिक सञ्जाल फेसबुक, इन्ट्राग्राम, वाट्स एप तथा स्न्याप च्याटको प्रयोग गर्ने पनि बताएका थिए । यसले मानिसमा प्रविधिको रुचि बढेको पनि देखाएको छ ।
डोमान्डस् पिज्जाले गरेको उक्त सर्वेक्षणमा एक हजारजना सहभागी थिए । सहभागीहरूले पहिलो डेटिङका रूपमा क्याफे वा रेस्टुरेटमा कफी तथा कोल्ड ड्रिङ्क्सका लागि भेट्न सहज हुने बताएका थिए । सहभागीहरूले टिन्डर र बुम्बलजस्ता डेटिङ एपको प्रयोग गरेको बताएका थिए ।

 

Leave A Comment