याैन प्रस्ताव सामान्य

मङ्गलबार, २१ साउन २०७६, ११ : ४३ शुक्रवार
याैन प्रस्ताव सामान्य

मेरो उमेर २४ वर्षको भयो। प्रेमिकाको उमेर २२ वर्ष छ। उनी प्राय पोर्न क्लिपहरु हेर्छिन् र यौन सम्बन्ध राख्ने प्रस्ताव राख्छिन्। मलाई भने विवाह अगाडि यौन सम्बन्ध राख्न मन छैन। धेरै सेक्स क्लिप हेर्दा उनमा यौन चाहना बढेको हो कि झै लाग्छ। यस्तो बेलामा के गर्ने होला ?

डा. दिनेश बाँस्तोला

पुस्तक, पाठ्यक्रम तथा सञ्चारमाध्यमले यौन शिक्षालाई सहज बनाएको छ। यौन अभ्यासलाई भने नियम कानुनले कठोर बनाएको छ।

पुरुषको तुलनामा महिला शारीरिक तथा मानसिक रुपमा चाँडै वयस्क हुन्छन्। त्यसैले सामान्यतः नेपाली समाजमा पुरुषको तुलनामा महिला यौन जोडीको उमेर कम हुनु स्वाभाविकै हो। यदि समान उमेरका यौन जोडी वा महिलाको बढी उमेर भएको खण्डमा यौनको मामलामा महिलाको नेतृत्व तथा बर्चश्व रहन्छ।

त्यसैले पुरुष २४ र महिला २२ वर्षको उमेरमा यौन चाहना हुनु सामान्य हो। यो उमेरमा यौन सम्बन्ध राख्नै परेमा भरपर्दो परिवार नियोजनको अस्थायी साधन प्रयोग गरी यौन सम्पर्क गर्न सकिन्छ। सुरक्षित यौन जोडीबाहेक अन्य व्यक्तिसँग यौन सम्पर्क गर्दा विभिन्न रोगको जोखिम हुने भएकाले जथाभावी यौन सम्पर्क गर्नु हुन्न।

महिलाको यौन प्रस्ताव सामान्य
वयस्क भएका यौन जोडीले आपसी सहमतिमा संयमित रुपमा यौन सम्पर्क गर्दा प्राकृतिक हुन्छ। जुन स्वाभाविकै हो। यौन सम्पर्क गर्दा सुरक्षाका उपाय भने अपनाउनु पर्छ।

स्वास्थ्य शिक्षा अध्ययन गरेका पुरुष वा महिला यौनजोडीले आफ्नो यौन जोडीलाई यौन सम्पर्कका लागि प्रस्ताव गर्नु स्वाभाविक र बुद्धिमता हो। त्यस्तै महिला यौन जोडीले पुरुष यौन जोडीसँग यौन सम्पर्कका लागि प्रस्ताव गर्नु पनि सामान्य नै हो। सामान्यतः यौनका मामलामा महिलाहरु निस्क्रिय सहभागी हुन्छन्, भने पुरुष सक्रिय।

यदाकदा महिलाको सक्रियतासमेत हुन सक्छ। त्यसैले महिलाले आफ्नो यौन तृप्ति मेट्नका लागि पुरुष यौनजोडीलाई यौन सम्पर्कका लागि अनुरोध गर्न सक्छन्।

पुरुष निस्क्रिय भएको खण्डमा महिला सक्रिय हुन पुग्छन्। त्यस्तो अवस्थामा महिला सक्रिय हुनु दुवै यौन जोडीका लागि उपयुक्त हुन्छ। पुरुषले समय, स्थान तथा उपयुक्त व्यक्तिको अभावमा यौन सम्पर्क गर्न मन नलाग्दा स्त्रिको यौन चाहना परिपूर्ति गर्नु पुरुषको धर्म हो।

स्वास्थ्य शिक्षा अध्ययन गरेका पुरुष वा महिला यौनजोडीले आफ्नो यौन जोडीलाई यौन सम्पर्कका लागि प्रस्ताव गर्नु स्वाभाविक र बुद्धिमता हो। त्यस्तै महिला यौन जोडीले पुरुष यौन जोडीसँग यौन सम्पर्कका लागि प्रस्ताव गर्नु पनि सामान्य नै हो। सामान्यतः यौनका मामलामा महिलाहरु निस्क्रिय सहभागी हुन्छन्, भने पुरुष सक्रिय।

यौन मात्रै असामान्य हुन्न
अश्लील (पोर्न) भिडियो वा नग्न तस्बिर हेर्दा आफ्नो जीवनमा पनि त्यस्तै यौन अभ्यास गर्न चाहनु स्वाभाविकै हो। यसलाई सरल र सहज रुपमा लिनु पर्छ। यदि तपाईंको महिला वा पुरुष यौन जोडीले पोर्न भिडियो हेरेर तपाईंलाई यौन सम्पर्कका लागि प्रस्ताव गर्नुलाई तपाईंले सामान्य रुपमा लिएर यौन सन्तुष्टि दिनु उपयुक्त हुन्छ।

सामान्य अवस्थामा यौन जोडीको यौन क्षमतालाई असामान्य रुपमा हेर्नु उपयुक्त हैन। सामान्य जोडीलाई सधैँ शंकाको दृष्टिले हेर्दा सम्बन्धमा दरार उत्पन्न हुन सक्छ। त्यसैले तपाईंको यौन जोडीले असामान्य रुपमा यौन इच्छा व्यक्त गरेको खण्डमा मानसिक अवस्थाको बारेमा स्वास्थ्य जाँच गर्नु उपयुक्त हुन्छ।

यदि व्यक्ति मानसिक रुपमा असामान्य भएको अवस्थामा यौनको मामलामा मात्रै हैन त्यस्तो व्यक्तिको बानी–व्यवहार पनि असामान्य नै हुन्छ। यसमा भने विचार पु-याउनु पर्छ। किनकि सामान्य अवस्थाको व्यक्तिको यौन बानी–व्यवहार असामान्य र अन्य बानी–व्यवहार सामान्य भन्ने हुन्न। मानसिक अवस्थामा असन्तुलन भए यौन तथा अन्य बानी–व्यवहार पनि असामान्य हुन्छ।

भरोसाले यौन प्रस्ताव
प्रेममा झगडा, इष्र्या, डाहा हुन्न। प्रेममा आत्मसम्मान हुन्छ। यौन जोडीलाई भेट्दा मनै प्रसन्न हुन्छ। झगडालु प्रेम प्रेम हैन। त्यहाँ स्वार्थ लुकेको हुन्छ।

यसरी तीन वर्ष वा सोभन्दा बढी समयसम्म प्रेम सम्बन्धमा रहेर कुनै युवतीले तपाईलाई यौन सम्पर्कका लागि प्रस्ताव गर्नु स्वाभाविकै हो। वयस्क यौन जोडीले यौनका लागि प्रस्ताव गर्नु शारीरिक तथा मानसिकरुपमै आवश्यकता हो। शारीरिक तथा मानसिक निर्देशित आवश्यकता हो। यौन र यौनको स्वार्थ भए पनि सामान्य रुपमा लिनुपर्छ। यौनको मामलामा अधिकांश व्यक्ति सबै दृष्टिकोणले भरपर्दो र सुरक्षित हुन चाहन्छन्। तपाईंलाई तपाईंको यौन जोडीले भर र विश्वास गरेर यौनसम्पर्कका लागि प्रस्ताव गरेको हुन सक्छ। सबै महिलाले यसरी खुलेरै यौनको प्रस्ताव गर्छन् भन्ने छैन। तर कतिपय महिलाले भने भर र विश्वासका कारण आफ्नो यौन जोडीसँग यौन सम्पर्कका लागि प्रस्ताव गर्छन्।

यौन सम्बन्धले सम्बन्ध बिग्रन्न
यदि तपाईं र तपाईंको यौन जोडी शारीरिक तथा मानसिक रुपमा यौन सम्पर्कका लागि तयार हुनुहुन्छ भने सम्बन्धित देशको कानुनको परिधिभित्र रहेर यौन सम्पर्क गर्नु उपयुक्त हुन्छ। यौन जोडीबीचको आपसी सहमतिमा यौन सम्पर्क गर्दा यौन सम्पर्क गरेकै भरमा तपाईंहरुबीचको सम्बन्धमा दरार आउने सम्भावना कमै हुन्छ। यौनले जीवनमा मार्ग निर्देशित गर्छ। संसारमा यौनसम्पर्कपछि यौन जोडीको जीवन उज्यालो भएको उदाहरण पाइन्छन्।

यौन जोडीमध्ये एकले आफ्नो यौन जोडीसँग यौन सम्पर्क गर्ने इच्छा व्यक्त गरेको खण्डमा त्यस्तो जोडीको यौन इच्छा पूरा नगर्ने हो भने यौन इच्छा व्यक्त गर्ने जोडीले वैकल्पिक यौनसम्पर्कको उपाय अपनाउने सम्भावना हुन्छ। त्यसैले सुरक्षित उपाय अपनाएर यौन जोडीले यौन सम्पर्क गरी यौन जोडीबीचको सम्पबन्ध कायम राख्नु उपयुक्त हुन्छ।
प्रस्तुतिः उपेन्द्र खड्का

 

Leave A Comment