राउत बनिन् ‘मिस इंग्ल्याण्ड’ को सेकेन्ड रनरअप

सोमबार, २० साउन २०७६, ०२ : २३ शुक्रवार
राउत बनिन् ‘मिस इंग्ल्याण्ड’ को सेकेन्ड रनरअप

यस वर्षको मिस इंग्ल्याण्ड सेकेन्ड रनरअपको उपाधि नेपाली मुलकी प्रतिष्ठा ‘तृष’ राउत घोषित भएकी छिन्। गत बिहीबार न्युक्यासलमा भएको मिस इंग्ल्याण्डको फाइनलमा उनले च्यारिटी क्वीनको अवार्ड समेत जितेकी थिइन्।

च्यारिटी क्वीन, इको ड्रेस, ब्ल्याक ड्रेस, इन्टरभ्यू राउण्ड र पब्लिक भोटिङका आधारमा विजेताह छनोट भएका थिए। २२ हजार आवेदकमध्येबाट छानिएर फाइनलमा पुगेकी नेपाली मुलकी राउतसहित ५४ प्रतिस्पर्धीहरुले प्रतिस्पर्धा गरेका थिए।

उनले मानसिक स्वास्थ क्षेत्रमा काम गर्ने च्यारिटी संस्थाका लागि १० हजार ६ सय पाउन्ड संकलन गरेकी थिइन्। अल्डरसट निवासी २६ वर्षीया राउत हङकङमा जन्मिएकी हुन्। युनिभर्सिटी अफ ब्राइटनबाट इन्टेरियर आर्किटेक्चरमा स्नातक उत्तीर्ण गरेकी उनी प्लोर प्लान आर्किटेक्ट हुन्।

 

Leave A Comment