पोस्टरमा अटाउनै छोडिन् प्रियंका

सोमबार, २० साउन २०७६, ०१ : ५९ शुक्रवार
पोस्टरमा अटाउनै छोडिन् प्रियंका

म्युजिक भिडियोमा राम्रैसँग जमेकी नायिका प्रियंका कार्कीका कमै फिल्म प्रदर्शनमा आएका छन्। जति आउँछन् ती पनि काकताली लागेर मात्र सफल हुन्छन्। यस्तो भएपछि हल्का फुर्सद निस्कने नै भयो। त्यसको नकारात्मक प्रभाव हो कि क्या हो कुन्नी, हिजोआज त उनी आफैंले अभिनय गरेको फिल्मको पोस्टर र ट्रेलरमा समेत अटाउन छाडिन्।

फिल्म ‘हजार जुनीसम्म’मा प्रियंकाको पनि अभिनय छ तर पोस्टरमा उनको उपस्थिति देखिदैन। अभिनेता आर्यन सिग्देलको अपोजिट रोलमा भए पनि ट्रेलरमा समेत उनको उपस्थिति देखाइएको छैन। उनी फिल्मको प्रमोसनमा समेत देखिएकी छैनन्। सायद पोस्टर र ट्रेलरमा नअटाएको झोँक फेरेको होला ! झोँक्किएर के गर्नु हो प्रियंकाजी, अभिनय सुधारे त नहाल पनि भने पनि हालिहाल्थे नि ! फिल्मको पोस्टरमा नराखे पनि के भयो, इन्स्टाको फोटो त छँदैछ नि !
 

Leave A Comment