साइड हिरोमै मक्ख

सोमबार, २० साउन २०७६, ०१ : ४६ शुक्रवार
साइड हिरोमै मक्ख

अभिनेता सलोन बस्नेत सोलो नायक भएको फिल्म निकै कम छन्। प्रायः उनी साइड हिरोकै भूमिकामा देखिने गरेका छन्। बस्नेतको अभिनय रहेको फिल्म ‘हजार जुनीसम्म’ प्रदर्शनको तयारीमा छ। त्यसमा पनि उनको भूमिका उही साइड हिरोकै देखिन्छ।

उनको अभिनय यात्रा हेर्दा लाग्छ, सोलो अभिनयमा सात्तो जान्छ। भिडभाडमा हुँदा यसो कमजोरी छोपिन्छ कि भन्ने भ्रममा देखिन्छन् उनी। ‘हजार जुनीसम्म’को ट्रेलर लञ्चमा उनलाई पत्रकारहरुले सोधिहाले, ‘खाली भिडभाडमा किन हो सलोनजी, एकल अभिनयमा डर लाग्छ हो ?’

विचरा सलोनले भनुन् पनि के ! उनले हाँसेर जवाफ दिए, ‘मलाई यसैमा रमाउन मन लाग्छ। त्यसैले एक्लै फिल्ममा अभिनय नगरेको हो।’

साइड हिरो हुँदैमा नजम्ने भन्ने पनि हैन। एक्स्ट्रा कला देखाउन सक्ने हो भने भिडका बीच पनि दर्शकले नोटिस गरिहाल्छन्। तर सलोन भिडका बीच पनि नोटिस हुन सकेका छैनन्। डाइलग डेलिभरी हेर्ने हो भने एक्साइटेड भएको हो कि स्याड, छुट्ट्याउनै नसक्ने अवस्था छ। यस्तोमा कसले सोलो अभिनयको प्रस्ताव राखुन् र ? ठीकै छ, कमसेकम कामविहीन त बस्नु परेको छैन !

Leave A Comment