‘पत्रकार सम्मेलन गरेर तिरेको कर भन्छु’

सोमबार, २० साउन २०७६, १२ : १६ शुक्रवार
‘पत्रकार सम्मेलन गरेर तिरेको कर भन्छु’

फिल्म निर्माता दीपकराज गिरीले सामाजिक सञ्जालमा कलाकारप्रति लक्षित गर्दै कति कर तिर्ने गरेको छ भनेर झटारो हाने। पारिश्रमिक टन्न लिएको हल्ला गर्ने तर कर नतिर्ने कलाकारप्रति लक्षित गरेर स्टाटस लेखेका उनले चै कति कर तिर्ने रहेछन् ? भोला अधिकारीले गरेको कर संवाद।

तपाईंले फेसबुकमा कलाकारले तिर्ने करको कुरा उठाउनुभयो। तपाईले चै कर तिर्नुभएको छ त ?
मैले ‘तीतो सत्य’ सिरियलको समय २०६० सालदेखि नै राज्यलाई कर तिर्दै आएको छु। अहिले फिल्म बनाएपछि पनि कर तिर्दै आएको छु।  

कति कर तिरिरहनुभएको छ त ?
नेपालका कलाकार, निर्माताको भन्दा धेरै कर तिर्दैआएको छु। मैले जति कर कलाकारितामा कसैले तिरको छैन होला।

वार्षिक कति तिर्नुहुन्छ भन्न  त मिल्छ नि ?
अहिले इन्टरभ्युमा भन्दिनँ। म पत्रकार सम्मेलन गरेर नै सार्वजनिक गर्छु।

कलाकारले किन कर तिर्देैनन् ?
अरुको मलाई थाहा छैन। मैले तिरिरहेको छु। जसले कर छल्छ उसले तिर्दैन। जसले छल्दैन, उसले तिर्छ।

अरु कलाकारले पनि कर तिरेको छु भन्छन् तर देखाउन खोज्दैनन्। किन त ?
नेपालमा कर तिरेको छु भनेर देखाए पनि के ? नदेखाए पनि के ? कर नतिर्नेको पनि उही लेभल, लाखौँ रुपैयाँ राज्यलाई कर तिर्नेको पनि उही लेभल। देखाएर पनि के काम ? तर म कर तिर्नुपर्छ भन्ने कलाकार हो। विदेशमा भन्ने हो भने जसले बढी कर तिर्छ, उसको करको लेभलअनुसार सामाजिक सुरक्षा हुन्छ।  विदेशमा कर यति तिरेँ भनेर सबैले भन्छन् तर नेपालमा भन्दैनन्। यसको महत्व नभएर होला या कर तिर्नुपर्छ भनेर कर छलेर नभनेका पनि हुन सक्छ।

कलाकारले लिएको पारिश्रमिकलाई लक्षित गरेर स्टाटस लेख्नुभएको भन्ने आरोप छ नि ?
मैले अरुलाई किन लक्षित गर्ने ? कसैप्रति लक्षित गरेर लेखेको होइन। पारिश्रमिकले धेरै लिनेले त्यस बापतको ट्याक्स कति तिरेका रहेछन् भनेर सानो कुरा मात्र चुहाएको हो। यो कसैलाई लक्षित होइन। मेरो व्यक्तिगत विचार मात्र पोखेको हो।

Leave A Comment