पारमिताको ओरालो

बुधबार, १५ साउन २०७६, १२ : १६ शुक्रवार
पारमिताको ओरालो

अभिनेत्री पारमिता राणाका पछिल्ला दुई फिल्म ‘रोज’ र ‘द म्यान फ्रम काठमाडौं’ले बक्स अफिसमा खासै छाप छोड्न सकेन। त्यसो त उनको ‘चङ्गा चेट्’ पनि बक्स अफिसमा चैट् नै भएको हो। यसरी तीन वटै फिल्म नराम्ररी चिप्लिए। यसपछि उनले सोचेजस्तो प्रतिक्रिया बटुल्न सकिनन्। ‘चपली हाइट २’बाट फिल्म क्षेत्रमा प्रवेश गर्दा उनबाट धेरैले निकै अपेक्षा गरेका थिए।

खासमा उनीप्रतिको अपेक्षाको मूल कारण चाहिँ फिल्मअघि उनले मोडलिङमा देखाएको प्रतिभा नै हो। त्यसमा उनी चम्के पनि फिल्मबाट चम्कने कुरा अझै टाढाकै सपना भइरहेको छ।

यतिबेला त पारमिताको हातमा नयाँ प्रोजेक्टसमेत छैन। त्यसैले त पछिल्लो समय उनी मोडलिङ र गायनतर्फ मोडिएकी छन्।

हुन त उनले संसारले खोट खोज्छ भनेर गाएकी नै छिन्, बोल्नेहरुलाई बोल्न देऊ भनेकै छिन्। उनको गायनमा दम भएकाले अब अभिनयबाट नचम्किए पनि गायकीले पो चम्किन्छिन् कि ! किप इट् अप् योर सिङिङ् पारमिता !!

Leave A Comment