रेखाको अचम्मलाग्दो मौनता

मङ्गलबार, १४ साउन २०७६, ०३ : ५१ शुक्रवार
रेखाको अचम्मलाग्दो मौनता

अभिनेत्री रेखा थापा बिन्दास जीवन जिउँछिन्। अझै उस्तै चञ्चल स्वभावकी छिन् र गम्भीर पनि भइहाल्छिन्। फिल्म क्षेत्रका महत्वपूर्ण विषयमा उनी आफ्नो विचार राखिरहेकी हुन्छिन् तर रेखा यसपालि भने एउटा महत्वपूर्ण विषयमा मौन रहिन्।

विषय बजार तताएको उही उनको पूर्व पति निर्माता छवि ओझा र अभिनेत्री शिल्पा पोखरेलको घर झगडाकै हो। अहिले छवि र शिल्पाको घर झगडा डिभोर्सतर्फ मोडिसक्यो र त्यसबाट पनि अर्कै मोड आइसक्यो। घटनाबारे सबै फिल्मकर्मीदेखि दर्शक जानकार छन्। कतिपय अभिनेत्री–अभिनेता छवि वा  शिल्पाको पक्ष–विपक्षमा खुलेरै लागेका छन्। रेखा भने मौन छिन्। शिल्पाले एकपछि अर्को कन्ट्रोभर्सीमा रेखालाई तानेको तान्यै छिन्। ‘छविले मुखमा एसिडै छ्यापिदिन्छु’ भन्दा पनि चुप लागेर बस्दा आफू भ्रममा परेको भनेर रेखातिरै औंला ठड्याइरहेकी छिन्। तापनि रेखा मौन छिन्।

रेखाको अर्को छवि महिला सशक्तीकरणको पनि हो। प्रायः उनले फिल्म बनाउँदा नारीप्रधान बनाउने गरेकी छन्। तर जसै उनले मौनता साँधिन्, उनको व्यवहार र व्यवसाय फरक हो कि भन्नेहरु पनि देखिएनन्। कतिले त प्याच्चै भनि पनि हाले, ‘कि त नारी सशक्तीकरणको गफ हाँक्न छाड, कि त यस्तो गम्भीर विषयमा मुख खोलिहाल !’

 

Leave A Comment