एक्ली कट्रिना

बुधबार, १९ साउन २०७३, १० : ४६ शुक्रवार , Kathmandu
एक्ली कट्रिना

बलिउड अभिनेत्री कट्रिना कैफले हालसालै ३३ औँ वसन्त टेकेकी छिन् । यसपालिको जन्मदिनमा उनी एक्लो हुन पुगेको विभिन्न भारतीय अनलाइनले उल्लेख गरेका छन् ।
हुन त कट्रिनाको बर्थडे पार्टीमा फिल्मी क्षेत्रका विभिन्न हस्ती उपस्थित थिए । करन जौहर, आलिया भट्ट, सिद्धार्थ मल्होत्रा, अर्जुन कपुर, आदित्य राय कपुर, निर्देशक बबिर खान, निर्देशक अली अब्बास जफरजस्ता फिल्म क्षेत्रका मानिसले कट्रिनालाई जन्मदिन मनाउन साथ दिएका थिए ।  
‘यति हुँदाहुँदै पनि कट्रिना यसपालि एक्ली भइन्, किनकि उनको छेउमा प्रेमी थिएनन् । यसअघिका जन्मदिनमा प्रेमी रणवीर कपुर उनको छेउमा हुने गर्थे । त्यसभन्दा अघि सलमान खान हुने गर्थे,’ एउटा भारतीय अनलाइनले लेखेको छ ।  

 

Leave A Comment