एक्सनमा सुमी

सोमबार, १३ साउन २०७६, ०१ : ३० शुक्रवार
एक्सनमा सुमी

अरुको रुचि केमा हुन्छ कुन्नी तर सुमी मोक्तानलाई भने आइटम गःलका रुपमा चिनाउन खुब रहर छ। त्यसैले पनि होला उनले आधा दर्जन आइटम गीतमा नै कम्मर मर्काएकी छन्। ‘दुई रुपैयाँ’को ढल्क्यो जवानीमा पनि उनको लोभलाग्दो जोवन ढल्क्याएकै थिइन्।

अब दर्जनभन्दा बढी आइटम गीतमा नाचेपछि उनलाई आइटम भनेर नबोलाइदिए हुन्थ्यो भन्ने रहर छ। कसैले आइटम भनेर बोलायो भने उनी रिसले मुर्मुरिन्छिन्।

आइटमको ट्याग हटाउन उनले हालै ‘सरौतो’ फिल्ममा बेग्लै अवतारमा देखा परेकी छन्। आफ्नो क्षमता आइटममा मात्र नभएर अरुमा पनि छ र खासगरी एक्सन त विशेष नै हो भन्ने देखाउन खोजेकी छन् उनले।

हेर्नुस्, ट्याग भन्ने चिज कति खतरनाक हो भने ‘सरौतो’ फ्लप वा हिट जे भए पनि उनलाई आइटमको दाग भने छुटाउन गाह्रै हुन्छ।
 

Leave A Comment