श्रृंखलाको अफेयर

शनिबार, ११ साउन २०७६, ०३ : १४ शुक्रवार
श्रृंखलाको अफेयर

टर्कीको इस्तानबुल भ्रमणमा रहेकी पूर्व मिस नेपाल श्रृंखला खतिवडाले भ्लगर सिसन बानियाँको छातीमा टाउको राखेको फोटो बाहिरिएको छ। जसका कारण अहिले श्रृंखला खतिवडा र सिसन बानियाँबीच अफेयर चलेको चर्चा चल्न थालेको छ। उनले आफ्नो इन्स्टामा सिसन बानियाँसँग रोमान्स गरेको फोटो सार्वजनिक भएपछि यस्तो हल्ला मच्चिएको हो।

नेपालमै रहँदा पनि प्राय सँगसँगै देखिने गरेका सिसन र शृंखलाबीच विदेशी मुलुकमा घुमघाम गरेको तस्बिर बाहिरिएपछि अफेयरको हल्ला हुनु स्वाभाविक नै हो।

गत महिनामा ‘आप्पा’ फिल्मको प्रिमियरमा जय नेपाल हलमा सिसन र शृंखला सँगै फिल्म हेर्न आएका थिए। त्यो बेला उनीहरुबीच झ्याँगिएको प्रेमबारे बोल्न चाहेका थिएनन्। त्यो प्रश्नको जवाफ शृंखलाले टर्कीमा पुगेर दिएकी हुन् कि !   
 

Leave A Comment