संगीतकारको ‘चोरी’ कला

शुक्रबार, १० साउन २०७६, ०३ : ३१ शुक्रवार
संगीतकारको ‘चोरी’ कला

संगीतकार कालीप्रसाद बास्कोटामाथि अर्काको गीतको ट्युन चोरेको आरोप सेलाउन नपाउँदै अर्का संगीतकार एसडी योगी गीतको ट्युन चोरीको आरोपमा तानिए।

योगीले फिल्म ‘कबड्डी कबड्डी’का लागि बनाएको दुबो फुल्यो बोलको गीत आफ्नो ‘बाटो’ एल्बममा रहेको ‘कैले फोटो सिरानीमा...’सँग मिलेको संगीतकार आलोक श्रीको दाबी छ।

चोरी आरोप लाग्दा अन्य संगीतकारले जे तर्क गर्छन्, योगीले पनि सोही तर्क गरेका छन्। उनले आफूलाई आलोक श्रीको ट्युनबारे थाहै नभएको संयोगले केही नोट मिलेको दाबी गरिरहेका छन्।

गत साता नै संगीतकार बास्कोटालाई अर्का गायक विक्की महतले आफ्नो गीतको लय चोरेको आरोप लगाएका थिए। बास्कोटाको संगीत र शब्द रहेको र सुमीत पाठकले गाएको ‘समाचार’ बोलको गीत आफ्नो ‘बुझाइदेउ न तिमीलाई’सँग मिलेको विक्कीको दाबी थियो।

बास्कोटामाथि यसअघि पनि ‘इन्स्टाको फोटो’ फ्रान्सेली गायिका कार्ला बु्रनीको गीतबाट हुबहु चोरी गरेको आरोप लागेको थियो। उनले प्रभावित भएको भनेर टार्न खोजेका थिए।

गायक प्रकाश सपुत र शम्भु राईको विवाद त चरम विन्दुमा पुगेर  सहमतिमा टुंगिएको थियो। उता अल्मोडा राना त संगीत चोरीका पटके भइसकेका छन्।

Leave A Comment