तस्बिरमा उदार साम्राज्ञी

शुक्रबार, १० साउन २०७६, ०३ : ०५ शुक्रवार
तस्बिरमा उदार साम्राज्ञी

अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह र उनकी प्रेमी देवांश जंगबहादुर राणाले इण्डोनेसियाको समुद्री तटमा खिचाएको इरोटिक तस्बिर सामाजिक सञ्जालमा भाइरल छ यतिबेला। प्रेमी देवांशले आफ्नो इन्स्टाग्रामबाट सार्वजनिक गरेको सो तस्बिरको पोज हेर्दै जिब्रो टोक्नुपर्ने अवस्थाको छ।

तस्बिरमा दुवैजना समुद्री किनारको बालुवामा रोमान्टिक मात्रै हैन, इरोटिक मुडमै छन्। सुन्तले रङको बिकिनीमा रहेकी अभिनेत्री साम्राज्ञीको शरीरको कुनै त्यस्तो भाग देखिएन, जहाँ उनका प्रेमीको हात नपुगेको होस्।

साम्राज्ञीले पनि समुद्रमा खिचाएको सिंगल तस्बिर आफ्नो इन्स्टाग्राममा सार्वजनिक गरेकी थिइन्। तर, प्रेमी देवांशले सार्वजनिक गरेको तस्बिर त बबालै छ। कताकता टाउको पुगेको, कता कता हात पुगेको ! हेर्दै लाजमर्दो !!

तस्बिर खिचाउने मामिलामा साम्राज्ञी उदारै हुन्। उनले एक पटक स्तनमा ट्याटु खोपेको तस्बिर सार्वजनिक गरेकी थिइन्। धेरैले आलोचना गरेपछि त्यो डिलिट गरिन्। त्यो बेलामा उनका प्रेमी थिए, मयंक खड्का। अहिले उनीसँग ब्रेकअप भइसक्यो र साम्राज्ञी देवांशको प्रेममा छिन्। यी दुवैको प्रेम कुन हदसम्म निकट छ, त्यो बुझ्न तस्बिरै काफी छ। खैर, हाम्रो काम त तमाशा हेर्ने मात्र त हो ! बाँकी काम त उनले गरिहाल्छिन् नि !

Leave A Comment