सुहाएको सिन्दुर

मङ्गलबार, ०७ साउन २०७६, ०३ : ०४ शुक्रवार
सुहाएको सिन्दुर

हुन त ग्लायमरमा भिज्न थालेपछि विवाहित अभिनेत्री पनि अविवाहित जसरी हिँड्ने गर्छन्। पहिरन पनि उस्तै लगाउँछन्। तर, अभिनेत्री स्वस्तिमा यस मानेमा फरक निक्लिन्। उनी त सार्वजनिक कार्यक्रममै रातो सिन्दुर अनि साडीमा प्रस्तुत भइन्।

राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट अभिनेत्रीको अवार्ड उचाल्न उनी सिँउदोभरी सिन्दुर लगाएर आएकी थिइन्। उनले ‘बुलबुल’बाट उक्त अवार्ड जितेकी हुन्।

स्वस्तिमाले अवार्ड उचाल्दै गर्दा धेरैको ध्यान उनको भरिएको सिउँदोतिर गएको थियो। जे होस्, बलिउडमा त्यसरी सिन्दुर त रेखाले मात्र लगाउँथिइन्। अब यता स्वस्तिमाले लगाउन थालिन्।

अब स्वस्तिमाले बलिउडकी रेखालाई पछ्याएकी हुन् वा आफूलाई सतिसावित्री प्रमाणित गर्न खोजेकी हुन् कि भन्ने गाइँगुइँ सुनिए पनि स्वस्तिमालाई भने सिन्दुरले निकै सुहाएको थियो। यस्तो कुराको प्रशंसा गर्न किन कञ्जुस्याइँ गर्ने, हैन ?

Leave A Comment