चेत खुल्यो रेखाको

मङ्गलबार, ०७ साउन २०७६, ०२ : ४९ शुक्रवार
चेत खुल्यो रेखाको

पछिल्लो समय प्रायः आफैँ फिल्मको निर्माता अनि निर्देशक रहँदै आएकी रेखा थापाले यस पटक भने अरुलाई नै निर्देशकका रुपमा नियुक्त गरिन्। आफूले निर्देशन गरेका फिल्मलाई नारी प्रधान भनेर राम्रै हल्ला पनि गरेकी हुन्।

यतिबेला भने सन्देशमूलक, नारीप्रधानजस्ता सूत्रले काम नगरेको उनलाई पत्तो भएछ। अनि, निर्देशकीय चेत पनि उति छैन भन्ने भेउ पाएको हुनुपर्छ। बल्ल उनको चेत खुलेको हालै सार्वजनिक भयो।

त्यसैले अब बनाउने नयाँ फिल्ममा निर्देशकको नाम राख्ने लोभ छाडेर रेनशा वान्तवा राणासँग सहमति गर्न पुगेकी छन्।

रेनशाको जन्मदिन पारेर नयाँ फिल्मको सम्झौता गरिन् रेखाले। ढिलै भए पनि आफ्नो कमजोरी स्वीकार गर्नु राम्रै हो। ढिला आयो कडा आयो भनेझैँ खुलेको चेतले बबाल हिट फिल्म देओस् भन्ने दर्शकको कामना छ है !

Leave A Comment