भुवनको वृद्धयात्रा

मङ्गलबार, ०७ साउन २०७६, ०२ : ४१ शुक्रवार
भुवनको वृद्धयात्रा

प्रायः चिरिच्याँट्ट देखिन रुचाउने अभिनेता भुवन केसी हिजोआज सेतो झुसे दाह्रीमा देखिन्छन्। पटक पटक डिभोर्स भए पनि उनको लभ लाइफ चलेकै छ। निरन्तर फ्लप फिल्म गरे पनि छोरा अनमोलले स्टार उपनाम पाएकै छन्। कुल देखिनुको साटो यसरी एकाएक झुसे भइहाल्नु पर्ने अवस्था त उनको छैन।

तैट्। बेक्कारमा टाउको दुखाई भइरहेको रहेछ। झुसे दाह्री त उनले फिल्मको गेटअपका लागि पो पालेका रहेछन् ! नयाँ फिल्ममा भुवन भिलेन अनि छोरा अनमोल भने हिरो छन् अरे। हालै एक प्रेसमिटमा उनी आफैंले झुसे दाह्रीको रहस्य खुलाएका थिए।

गेटअप बारेको जिज्ञासा मेटाए पनि उनले कुन फिल्म र कहिले बन्छ भनेर भने खुलाएनन्। लुकाइ छाडे। जुन फिल्म भए पनि फिल्मकै तयारी भए पनि भुवनको वृद्धयात्रा त देखियो !

Leave A Comment