धन देख्दा प्रियंकाका तीन नेत्र

मङ्गलबार, ०७ साउन २०७६, ०२ : २६ शुक्रवार
धन देख्दा प्रियंकाका तीन नेत्र

त्यत्ति फिल्म नचले पनि नाम र दाम दुवै पाएकी अभिनेत्री प्रियंका कार्कीलाई त्यत्ति आम्दानीले मात्र पुगेनछ। व्यक्तिगत लभस्टोरीलाई विज्ञापित गर्न पनि उनले कुनै कसर छाडेकी छैन।

उनले आफूसँगै प्रेमी आयुष्मान देशराज जोशीलाई समेत काम दिलाउन सक्ने उनी आफ्नो इन्स्टा अकाउन्टलाई समेत कमाईमा भरपूर उपयोग गरिनै रहेकी हुन्छिन्। यत्तिले नपुगेर अब उनको नजर युट्युबतिर पनि पुगेछ। उनी ‘जस्ट अनोदर लभ स्टोरी’ सिरिज निर्माण र निर्देशन गर्दैछिन्। यसका लागि उनले सृष्टि श्रेष्ठलाई समेत अनुबन्ध गरिसकिन्।

पहिलो पटक निर्देशन गर्न लागेको सिरिज टेलिभिजनतिर भन्दा पनि युट्युबमा राख्ने उनको योजना रहेछ। उनी सो सिरिज आफ्नै युट्युब च्यानलमा राख्दैछिन्।

अब जे होस्, हातमा फिल्महरु कम हुन थालेपछि प्रियंकाले अहिले नै लगाएको बुद्धिको भरपूर प्रशंसा भने गर्नैपर्छ। तर यो रहरमा मात्रै सीमित हुन्छ कि साँच्चिकै गम्भीर भएकी हुन् उनी ?

Leave A Comment