बेरोजगार नाजिर

मङ्गलबार, ०७ साउन २०७६, ०२ : १४ शुक्रवार
बेरोजगार नाजिर

‘वीर विक्रम २’मा सबैभन्दा राम्रो अभिनय कसको छ ? को बन्छ करोडपतिमा सोधियो भने सहजै हजार रुपैयाँ जितिने उत्तर हो यो। नाजिरको यत्तिको गज्जबको अभिनय भए पनि उनी यतिबेला एकाएक हराएका छन्। सार्वजनिक कार्यक्रममा पनि त्यत्ति देखिदैनन्। सामाजिक सञ्जालमा त पहिला पनि उत्ति सक्रिय थिएनन्। उसो भए कता हराए त नाजिर ?

अभिनय राम्रै गर्छन् उनी। तापनि अहिले उनको हातमा कुनै फिल्म रहेनछ। अभिनयको आधारमा भन्दा नातागोता अनि चाकडीकै भरमा काम पाउने भएपछि नाजिरको मन सम्हालिएन। फिल्मको प्रस्ताव पनि आएन। यही मौकामा लौ त भनेर उनी पढ्न विदेशतिर हान्निएका रहेछन्।

उनी निकट स्रोतका अनुसार उनी फिल्मसम्बन्धी क्र्यास कोर्स गर्न विदेश पुगेका हुन्। बजार हल्लाअनुसार उनी जर्मनीमा पुगेका छन् रे। जे गरे, ठीकै गरे। काम पाइएन भनेर झोक्राएर बस्नुको साटो कमसेकम क्रियटिभ काममा त ध्यान दिए !

Leave A Comment