भिडभाडमा साम्राज्ञी

मङ्गलबार, ०७ साउन २०७६, ०२ : ०२ शुक्रवार
भिडभाडमा साम्राज्ञी

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह सोलो हिरोइन भएर खेल्ने गरेकी थिइन्। यसअघि फिल्ममा अरु हिरोइन पनि छन् भन्दा नाक खुम्च्याउने गर्थिन् तर पुराना निर्माता अशोक शर्माको फिल्म ‘रातो टीका निधारमा’ भने उनी तीन जना हिरोइनसँग स्क्रिन सेयर गर्ने भएकी छन्।

यसमा साम्राज्ञी मात्र होइन, ‘मितिनी’मार्फत् बाल कलाकारका रुपमा शर्माले नै फिल्मी दुनियाँमा भित्र्याएका नीता ढुङ्गाना र अर्की अभिनेत्री खुस्बु खड्का पनि छन्। एकलौटी अभिनेत्रीको भूमिका निर्वाह गर्दै आएकी साम्राज्ञीलाई यो फिल्ममा भिडभाडमा नै खोज्नुपर्ने हुन्छ।

भिडमा खोज्नुपर्ने भूमिका पनि साम्राज्ञीले किन लिएकी होलिन्, जबकि उनलाई अहिलेको पुस्ताको नम्बर एक अभिनेत्री भनिदैछ !

Leave A Comment