बोल्न नसक्दा ‘फ्रस्टेड’

बुधबार, ०१ साउन २०७६, ०१ : ३० शुक्रवार
बोल्न नसक्दा ‘फ्रस्टेड’

र्‍यापर निक्की मिनाजको विवादित मिक्स टेप सार्वजनिक भएपछि उनी निकै तनावमा परिन्। उनलाई संगीत क्षेत्रबाट सोचेजस्तो समर्थन पनि भएन।

उनले सम्मान गुमाएको अनुभव गरिन्। यसैबीच अर्की गायिका टेलर स्विफ्ट पनि विवादमा आइन्, म्युजिक क्याटलगै किनेको विषयमा। उनलाई म्युजिक क्षेत्रबाट पूरै समर्थन आयो।

स्विफ्टले पनि खुलेरै प्रतिवाद गरिन्। अहिले आएर र्‍यापर निक्कीलाई लागेछ, त्यो बेला बोल्न नसकेर गल्ती गरियो।

स्विफ्ले झैँ आफूले समर्थन नपाउनुको पछाडि आफ्नोबारे आफैंले खुलेर बोल्न नसक्नुलाई कारण मानेकी छन् उनले। हालै उनले हलिउडलाइफसँग कुरा गर्दै त्यो बेला आफूले नबोलेकामा अहिले पछुतो लागिरहेको बताइन्।

Leave A Comment