केरको लगनगाँठो कसिने

सोमबार, १७ साउन २०७३, १२ : ०२ शुक्रवार , Kathmandu
केरको लगनगाँठो कसिने

अस्ट्रेलियन सुपरमोडल मिरान्डा केरले लगनगाँठो कस्ने भएकी छिन् । स्न्यापच्याटका सहसंस्थापक स्पिगेलसँग उनले लगनगाँठो कस्ने तय भएको हो ।
सामाजिक सञ्जालमा केरले आफ्नो बिहे हुने जनाउ दिएकी हुन् । यसक्रममा उनले आफ्नो हुनेवाला पतिको कम्पनीको  प्रचारप्रसार गर्नसमेत भ्याएकी छिन् ।
‘केरले स्न्यापच्याट फिल्टरको प्रयोग गरी आफ्नो इन्गेजमेन्टको तस्बिर अप्लोड गरेकी छिन् । तस्बिरमा दुवैले हिराको औँठी लगाएका छन्,’ समाचारमा भनिएको छ । तस्बिरको क्याप्सनमा केरले ‘बिहेका लागि मैले ‘ओके’ भनिदिएँ’ भनी लेखेको समेत समाचारमा जनाइएको छ । केर र स्पिगेल गत वर्षदेखि प्रेममा थिए ।

Leave A Comment