राखीको बिजोग

शुक्रबार, २० असार २०७६, ०१ : २४ शुक्रवार
राखीको बिजोग

कहिले पार्टी नै खोलेर नेतागिरी गर्ने त कहिले चर्चाकै लागि अन्टसन्ट बोलेर विवादमा आइरहने आइटम गर्ल राखी सावन्त लगभग बेरोजगारै भइन्। न उनले फिल्म पाउन सकिन्, न आइटमकै अफर आयो।

अनेक हत्कन्डा गरेर चर्चामा आउने प्रयास पनि पछिल्लो समय त्यत्ति फापेन उनलाई। आखिर सहारा उही आइटमकै त थियो। उनी अहिले फेरि पुरानै पेशामा फर्किएर आइटम भिडियो बनाइरहेकी छन्।

गफ दिँदा ठूलाठूला सक्कली कलाकारलाई टक्कर दिन सक्षम छु भनेपछि आइटम म्युजिक भिडियोमा सहारा चैँ नक्कली अमिताभ बच्चन र शत्रुघन सिन्हाको सहारा लिएकी छन्।

Leave A Comment