मन पग्लियो शाहरुखको

आइतबार, २६ जेठ २०७६, ०७ : ४९ शुक्रवार
मन पग्लियो शाहरुखको

दोस्तीमा दोस्ती, दुश्मनीमा कट्टर दुश्मनी ! बलिउड नगरीका दुई बादशाह शाहरुख खान र सलमानको सम्बन्ध यस्तै नै हो । दोस्ती राम्रो हुँदा ‘करण अर्जुन’ फिल्ममा समेत सँगै अभिनय गरे । सम्बन्ध दुश्मनीमा बदलिएपछि प्राइभेट पार्टीमा भेट्दा पनि मारपिट गरे ।

दुवैको उमेर उस्ताउस्तै छ । सलमान अविवाहितै छन् । शाहरुखकी छोरी नै फिल्ममा डेब्यु गर्न मिल्ने उमेरकी भइसकिन् । सायद उमेरले सबैलाई सिकाउँछ । यी दुवैले पनि सिके क्यार ! न अति दोस्ती ठीक, न अति दुश्मनी राम्रो ! त्यही भएर त शाहरुख सलमानको ‘भारत’ फिल्म प्रमोशनमा सहभागी हुन राजी भएका छन् । ढिलै भए पनि बलिउडका दुई स्टारको दुश्मनी मेटिनु राम्रै हो ।
 

Leave A Comment