अचेल किन टाढिएको ?

आइतबार, २६ जेठ २०७६, ०७ : ४१ शुक्रवार
अचेल किन टाढिएको ?

प्रिय मायालु,
खै किन हो, हिजोआज तिमी धेरै परिवर्तन भएका छौ । सायद तिमीले मभन्दा धेरै माया गर्ने मान्छे पाएर होला ! तिम्रो अर्काे प्रेमिकाको अगाडि म फिक्का भएँ हो ? तिम्रो अर्काे प्रेमिका छ भने सिधै मसँग भने हुन्छ । छैन भने मसँग किन टाढा हुन खोज्छौ ? सुरुमा माया गर्न सिकाउने नै तिमी हौ । जब म तिम्रो मायामा डुब्न थालेँ, त्यसपछि तिमी टाढिदै गइरहेका छौ ।

मलाई एक्लै बनाउन किन खोजिरहेका छौ ? मैले तिम्रो खुसीको लागि केसम्म गरेको छैन ? मर्नबाहेक हर कुरा गरेकी छु । प्लीज मलाई बुझ्ने कोसिस गर । म अहिले पनि तिमीलाई उत्ति नै माया गर्छु । तिमीलाई मैले यसै रोजेको हैन । विवाहको लागि घरमा मान्छे आउँदा पनि तिम्रो नाम लिएर बसेकी छु । मलाई बुझ्ने कोसिस गर । मेरो माया लाग्दैन भने तड्पाएर नराख ।

मसँग जिन्दगी बिताउँदा खुसी हुन्छुजस्तो लाग्दैन भने मलाई सिधै भन । मायामा पाउनु पर्छ भन्ने मात्र छैन, गुमाउनु पनि माया नै हो । तिम्रो लागि भनेर मैले सबैथोक छाडेँ तर किन आज तिमीले मलाई मर्नु न बाँच्नु बनाएको हो ? म तिम्रो मुखबाट सत्य कुरा सुन्न चाहन्छु, नौटंकी कुरा हैन । मनमा जे छ, सत्य भन्नु । मसँग टाढिनुको कारण के हो ? सत्य भन्नु ।

चित्तबुझ्दो जवाफ दियौ भने म तिम्रो जीवनमा कहिले पनि आउँदिन, आफू पनि दुःखी हुन्नँ । जिन्दगीमा तिमीलाई मात्र हैन मलाई पनि तिमीले चाहेकोजस्तै खुसी भएर बाँच्नु छ, दुःखी भएर हैन ।
५०६७,फिमेल, २३,काठमाडांै 

Leave A Comment