कन्फेसन : ‘हामीले लिएको निर्णय सही हो त ?’

आइतबार, ०८ बैशाख २०७६, ०८ : ५० शुक्रवार
कन्फेसन : ‘हामीले लिएको निर्णय सही हो त ?’

हाम्रो सम्बन्धको भविष्य छैन भन्ने थाहा थियो । कारण म विवाहित थिएँ र सन्तान पनि । ऊ अविवाहित थियो । जान्दाजान्दै पनि हामी दुवैबीच गहिरो प्रेम थियो । हामी दुवै एकअर्कालाई एकदमै माया गथ्र्यौं ।
उसले मलाई एकदमै माया गथ्र्यो र म उसलाई अत्ति ख्याल राख्थेँ । उसले मलाई यति माया गथ्र्यो कि त्यत्ति माया त मेरो श्रीमान्ले पनि गर्न सकेनन् । हामी दुवैले निक्कै बेस्ट समय सँगै बितायौँ ।

यो सोकल्ड समाजले हाम्रो सम्बन्धलाई स्वीकार गर्दैन भन्ने हामी दुवैले मान्नै पर्यो । उसले मलाई भन्यो, ‘म तिमीलाई धेरै माया गर्छु तर म घरको जेठो छोरो हुँ । मैले निर्णय गर्दा मनबाट भन्दा पनि दिमागले गर्नुपर्छ । मैले मेरो खुसी मात्र सोच्न सक्दिनँ । मेरो परिवार, तिम्रो परिवार अनि समाजबारे पनि सोच्नैपर्छ ।’
उसले मसँग केही पनि मागेन । बुझ्नु भयो नि ? उसले मेरो अनुमतिबिना मलाई अँगालोसमेत मारेन । ऊ मसँग धेरै नै समर्पित थियो र मलाई धेरै नै सम्मान गथ्र्यो । उसले मेरो वैवाहिक जीवनको सधैँ सम्मान ग¥यो । 
र, अहिले हामी एक छैनौं । 

तर, कस्सम । उसले जस्तो मलाई माया कसैले गरेन । म यत्ति निश्चित छु कि ऊ मसँग ट्रु लभमा थियो । म सधैँ ऊसँग झगडा गर्थेँ । मसँग विवाह गर्ने हिम्मत छैन, म विवाहित भएकाले यस्तो गरेको भनेर झगडा गर्दा ऊ रुन्थ्यो । अहिले हामीसँगै छैनौं तर जुन समयमा हामी सँगै थियौँ, हामी एकअर्काको मायामा डुबेका थियौं । 
हामीले लिएको निर्णय सही हो त ?

म अगाडि बढ्नै सकेकी छैन । त्यो मीठो सम्बन्ध भुल्न सकेकी छैन । त्यसैले म अहिले डिप डिप्रेसनमा परेकी छु । प्लिज मलाई सुझाव दिनुस्, हामीले लिएको निर्णय ठीक थियो ? म कसरी आँसु रोकौँ र अगाडि बढौँ ?
स्रोतः नेप्लिज टिनएजर्स कन्फेसन्स

 

समाधान

गोप्य मनोपरामर्श उचित

गोपाल ढकाल,मनोविद्


मानसिक समस्या भएका व्यक्तिको अवस्था अनुसार उपचार विधि अपनाइन्छ । सामान्य अवस्थामा मनोपरामर्शबाट ठीक हुन्छ । मनोपरामर्शले ठीक नहुने अवस्थामा मनोचिकित्सकको सल्लाहमा औषधि सेवन गर्नुपर्ने हुन्छ । मानसिक समस्या कडा हुँदै गए डिप्रेशनको जोखिम हुन्छ । डिप्रेशन कडा हुँदै गए मनोपरामर्शले मात्रै ठीक नहुन सक्छ । 

श्रीमान् तथा बालबच्चा हुँदाहुँदै अर्को केटासँग प्रेममा परेर पछि ब्रेकअप हुँदा एक त महिलालाई श्रीमान् तथा परिवारले थाहा पाउने डर हुन्छ । अर्को आफ्नो श्रीमान् हुँदाहुँदै अर्को  प्रेमी बनाउँदा श्रीमान्लाई धोका दिएँ भन्ने आत्मग्लानी हुन्छ । 

यस्तो अवस्थामा मानसिक समस्यामा पर्ने जोखिम हुन्छ । मानसिक समस्या बढ्दै जाँदा झनक्क रिसाउने, निराश हुने, एक्लै बस्न मन पराउने लक्षण देखिन्छ । 

डिप्रेशनमा परेको समयमा यौन इच्छा तथा चाहनाको रुचि हुँदैन । श्रीमतीको यौन चाहना नहुँदा श्रीमान् झन् रिसाउने अवस्था हुन सक्छ । सम्बन्धको समस्यापछि उत्पन्न हुने मानसिक समस्याको समाधानका लागि मनो परामर्शदातासँग परामर्श लिन उपयुक्त हुन्छ । अन्य व्यक्तिसँगको सम्बन्धका कारण महिलामा निम्तिएको मानसिक समस्याले घर— परिवारमै समस्या ल्याउन सक्छ । अन्य व्यक्तिसँगको सम्बन्धले निम्तिएको समस्यामा सबै कुरा श्रीमान्लाई खोल्दा झन् समस्या बढ्न सक्ने भएकाले यस्तो अवस्थामा श्रीमान् भन्दा मनोपरामर्शदातासँग परामर्श लिनु उचित हुन्छ । 

आवश्यक परे श्रीमान्–श्रीमतीलाई सँगै राखेर परामर्श दिइन्छ । समस्याको अवस्था हेरेर उपचार विधि अपनाइन्छ । कतिपय अवस्थामा गोपनियता अपनाउनुपर्ने भएकाले गोप्य किसिमले परामर्श लिएर समस्या समाधान गर्न सकिन्छ ।
 

सम्बन्धबारे केही समस्या छ भने हामीसँग बाड्नुस् । विज्ञमार्फत उपाय पहिल्याउने प्रयास गर्नेछौं । समस्या infoshukrabar@gmail.com फेसबुकमा @shukrabar टुइटर @shukrabarweekly र इन्टाग्राम @nagarikshukrabar मा पठाउनुस् । तपाईको पहिचान गोप्य रहनेछ । 

Leave A Comment