रंगमञ्चमा यौन र्दुव्यवहार : राजन जिम्मेवारीमुक्त, राजकुमार निलम्वनमा

शुक्रबार, ०६ बैशाख २०७६, ०७ : ४८ शुक्रवार
रंगमञ्चमा यौन र्दुव्यवहार : राजन जिम्मेवारीमुक्त, राजकुमार निलम्वनमा

रङ्गमञ्चमा महिला रंगकर्मीमाथी भइरहेको यौन दुव्र्यवहारबारे शुक्रवारको खुलासापछि २ जना रंगकर्मी कारवाहीमा परेका छन् । शुक्रवारले गत साता वरिष्ठ रंगकर्मी सुनिल पोखरेल, मण्डला थिएटरका महासचिव राजन खतिवडा र वन वल्र्ड थिएटरका सह निर्देशक राजकुमार पुडासैनीबारे समाचार प्रकाशन गरेको थियो ।

समाचार प्रकाशनपछि मण्डललाले खतिवडालाई महासचिव पदबाट मुक्त गर्दै एक वर्षसम्मका लागि जिम्मेवारीमुक्त गर्ने निर्णय गरेको छ भने वन वल्र्ड थिएटरले पुडासैनीलाई निलम्बन गरेको छ । वरिष्ठ रंगकर्मी पोखरेलले समाचार प्रकाशन अगाडि शुक्रवारलाई प्रतिक्रियादिँदै घटनामा आफ्नो संलग्नता अस्विकार गरेका थिए । उनले अस्विकार गरे पनि उनीबाट भएको थप दुव्र्यवहारका घटना आइरहेका छन् । उनी मौन छन् ।

पुडासैनीविरुद्ध रंगकर्मी अनु दाहालले खुलेरै उनले गरेका यौन र्दुव्यवहारको कहालीलाग्दो घटना सार्वजनिक गरेकी थिइन् । पोखरेल र खतिवडाबाट दुव्र्यवहारमा परेका महिला रंगकर्मीहरुले घटना सार्वजनिक गरे पनि पहिचान खुलाउन चाहेका थिएनन् ।

प्रारम्भमा खतिवडाले घटना सम्झनै नसकेको प्रतिकृया दिए पनि फेसबुकमा विहीवार प्रतिकृया राख्दै सात वर्ष अगाडि भएको घटना भएको जानकारीमा आएको तर अझै आफूले सम्झना नसकेको दावी गरे पनि माफी मागेका थिए । 

शुक्रवारलाई गत मंगलवार प्रतिकृया दिनेक्रममा मण्डलाकी अध्यक्ष  सृजना सुब्बाले पिडित चिनाउनुपर्ने गैर जिम्मेवार प्रतिकृया दिए पनि शुक्रबार विज्ञप्ती मार्फत ‘खतिवडाले घटनाप्रति आत्मालोचना गरेको र अनुसन्धानको निष्पक्ष छानविनका लागि सहज वातावरण बनाउन महासचिव पदबाट दिएको राजीनामा स्विकार गरी एक वर्षका लागि जिम्मेवारीमुक्त बनाएको’ उल्लेख छ ।

संस्थाले घटनाको छानविनको लागि तयार भएको उल्लेख गरे पनि प्रकृया शुरु गरिसकेको हो या हैन भन्ने अझै खुलाएको छैन । घटनाको प्रारम्भमै गैर जिम्मेवार प्रतिकृया दिएकी अध्यक्ष सुब्बाद्धारा जारी विज्ञप्ती नरम देखिन्छ ।

वान वल्र्ड थिएटर नेपालले शुक्रवार नै आफ्नो फेसबुक पेजमा विज्ञप्ती जारी गरी पुडासैनीमाथी सुधारात्मक निलम्बन गरेको उल्लेख गरेको छ । 

थिएटरका संस्थापक निर्देशक डेबोरा मेरोला  र प्रवन्ध निर्देशक सुश्रुत आचार्यद्धारा जारी विज्ञप्तीमा शुक्रवार साप्ताहिकमा समाचार प्रकाशित भएपछि ‘अनुचित व्यवहार अनुभव गरेका महिलाहरूसँग प्रत्यक्ष कुराकानी गरेको र  उहाँहरूसँगको कुराकानीले पुडासैनीले पहिलेदेखि नै त्यस्तो अनुचित व्यवहार गर्ने गरेको र यसले दुव्र्यवहार अनुभव गर्ने महिलाहरूमा मानसिक तनाव सिर्जना गरेको’ देखाएको उल्लेख गर्दै पुडासैनीको व्यवहार दुराचारयुक्त तथा पदको दुरूपयोग रहेको निश्कर्ष समेत निकालेको छ । 

रङगमञ्चमा यौन दुर्व्यवहार : तीन रंगकर्मीविरुद्ध गम्भिर आरोप

 

थिएटरले ‘ पुडासैनीसँग निजको व्यवहारबारे कुराकानी गरेको र उनले आफ्नो व्यवहारप्रति जिम्मेवारी लिनुभएको’ समेत उल्लेख गरेको छ ।

कम्पनिले अनु दाहालसँग क्षमा माग्दै सुधारात्मक निलम्बन पहिलो कदम मात्रै भएको र वान वर्ल्ड थिएटरसँग काम जारी राख्न उनले अझै सुधारका ठोस कार्य गर्नुपर्ने उल्लेख गरेको छ । 
एक वर्षको अवधीमा उनलाई थिएटरले निर्देशन र प्रशिक्षणमा सहभागी नगराउने उल्लेख गरे पनि कलाकारका रुपमा भने काम गर्न दिने संकेत गर्दै ‘ उनलाई केहि काम दिनेभए कम्पनीका बरिस्ठ निर्देशकको सुक्ष्म निगरानीमा केवल कलाकार को रुपमा काम दिइने’ उल्लेख छ ।

बढ्दो समर्थन
यौन दुव्र्यवहारविरुद्ध बोल्ने रङ्गकर्मीको समर्थनमा ‘म तिमीलाई विश्वास गर्छु’ भन्ने ह्यासट्याग शुरु गर्दै रङ्गमञ्चमा भइरहेको गलत प्रवृत्तिविरुद्ध रंगकर्मी, सामाजिक अभियन्ता र सञ्चाकर्मीले साथ दिएका थिए । 
‘समाचारको कुरा त मान्छेले सुनिरहेका थिए, यसबारे कुरा पनि गरिरहेका थिए,’ फेसबुकमा रंगकर्मी सुदाम सिकेले लेखेका थिए, ‘तर ती कुरालाई चिया गफमै निर्मूल पारिएको थियो र यस्ता कुराहरुप्रति ‘है’ भन्ने भावमा हाँसियो मात्र ।’

मीटू मुभमेन्टमा गायिका एन्जिलाको अनुभव ः' नबोलेर पो हेपिएका रहेछौँ'

 

महिला रङ्गकर्मी आकांक्षा कार्कीले आफ्नो फेसबुक पेजमा ‘पत्रिकामा आएको कुरालाई खिल्ली उडाउनेदेखि लिएर यो फलानोलाई फँसाउन गरेको राजनीति होसम्म जस्ता आपत्तिजनक तर्कहरु भैरहेको’ भन्दै असन्तुष्टि जनाइन् । 

‘अपवाद कोही हुन सक्छन् तर कोही महिलाले यत्रो हिम्मत जुटाएर आफूलाई भएको कुरा बताउनु भनेको चानचुने कुरा हैन,’ उनले लेखेकी छन् ।

लेखिका शिवानी सिंह थारुले शुक्रवारको लिंक ट्वीटरमा सेयर गर्दै ‘यौन दुव्र्यवहारविरुद्ध बोल्ने रङ्गकर्मीहरुलाई सलाम गरिन् र लेखिन्, ‘भोलिका दिनमा मोडलिङ र फिल्म क्षेत्रका अभिनेत्रीले कुनै ब्याङ्करका बारेमा मुख खोलेमा अचम्म मानिने छैन ।’ 

उनको यो प्रतिक्रियाले फिल्म क्षेत्रभित्र मौलाएको यौन दुव्र्यवहारका घटनाहरुप्रति संकेत गरेको थियो । यदाकदा फिल्मी क्षेत्रमा अवसरको बहानामा यौन दुव्र्यवहार हुने गरेको घटना सार्वजनिक हुने गरे पनि पीडितले आफ्नो पीडा सार्वजनिक गर्ने साहस अझै बटुलेको देखिँदैन ।

सञ्चारकर्मी सुविना श्रेष्ठ, दुर्गा कार्की लगायतले ट्वीटरमा रङ्गमञ्चमा भइरहेको यौन दुव्र्यवहारबारे बोल्ने रङ्गकर्मीको आँटको प्रशंसा गरेका थिए । 
 

मण्डलाकाे विज्ञप्ति

बिषय : यौन दुव्र्यवहारको घटनासम्बन्धमा अभिव्यक्ति बारे ।

प्रस्तुत विषयमा हाल नेपालमा चलिरहेको महिला हिंसा विरुद्धको अभियानको क्रममा नेपाली रंगमञ्चमा समेत लैंगिक हिंसा र यौन दुव्र्यवहारसम्बन्धी घटनाहरु भईआएको समाचार विभिन्न माध्यमबाट आइरहेको छ । यस विषयमा हाम्रो संस्थाको आधिकारिक धारणासम्बन्धमा समुहमा छलफल हुँदा लैंगिक हिंसा र यौन दुव्र्यवहारसम्बन्धी घटनाहरुमा हाम्रो संस्था समेत संवेदनशील रहेको र यस्ता घटनाविरुद्धका अभियानहरुमा हाम्रो समर्थन तथा ऐक्यवद्धता रहेको जनाउन चाहन्छौं ।

यस्ताखाले प्रवृत्तिबाट रंगमञ्चलाई बचाउन र रंगमञ्चको गरिमा उच्च राख्न हामी सदैव प्रयत्नशील रहने जानकारी गराउन चाहन्छौं । नाटकमार्फत सवैखाले सामाजिक मुद्दामा कलात्मक भाषामार्फत आफ्ना विचार राख्दै आएको यस नाटक समुहले नाटकीय गतिविधिबाहेक खुला बहस तथा छलफलहरुमा समेत सहभागिता जनाउने बेला आएको ठहर गर्दै त्यसप्रति हामी प्रतिवद्ध रहेको जानकारी गराउन चाहन्छौं । आफ्नो कठीन समयको बारेमा खुलेर बोल्नुहुने र आफ्नो आवाज राख्नुहुने सवै महिला रंगकर्मीहरुप्रति सम्मान तथा समानुभूति प्रकट गर्न चाहन्छौं ।

यस समुहका महासचिव राजन खतिवडाविरुद्ध समेत आरोप आएको सन्दर्भमा खतिवडा स्वयम्ले आफूबाट अन्जानमा गल्ति भएको हुनसक्ने बताउँदै आत्मालोचना गरेका कारण र घटनाको निष्पक्ष छानवीनका लागि सहज वातावरण बनाउन संस्थाको पदीय जिम्मेवारीबाट बाहिर रहन चाहँदै सामाजिक नैतिकताका आधारमा राजिनामा दिएका कारण उनलाई कम्तीमा १ वर्षका लागि महासचिवको पदबाट जिम्मेवारीमुक्त गरिने निर्णय गरिएको छ ।

नेपाली रंगमञ्चमा कार्यरत एक जिम्मेवार संस्थाको हिसावले यस किसिमका घटनाहरु निराकरण गर्नमा हाम्रो दायित्व समेत हुन आउने भएकोले त्यसका लागि संस्थागत रुपमै लागिपर्न मण्डला नाटक समुह नेपाल कटिवद्ध छ । यससम्बन्धमा आइरहेका समाचारहरुमाथि छानवीन र आवश्यक कारवाही गर्दै त्यसका लागि बृहत छलफल गर्न समेत संस्था तयार भएको जानकारी गराउन चाहन्छौं । यसका लागि सहयोग गरिदिनहुन सवै रंगकर्मी समुदाय तथा सरोकारवाला निकायहरु समक्ष हार्दिक आह्वान गर्दछौं ।

सृजना सुब्बा
अध्यक्ष
तथा मण्डला नाटक समुह नेपाल परिवार

 

वन वर्ल्डकाे विज्ञप्ति

गएको हप्ता चैत्र २८ गतेमा प्रकाशित शुक्रबार साप्ताहिक मा छापिएको रंगमन्चमा यौन दुर्व्यवहार शिर्षकको समाचारतर्फ वान वर्ल्ड थिएटरकाे ध्यान आकृष्ट भएकाे छ । खासगरि, वान वर्ल्ड थिएटर यसका सह निर्देशक तथा वरिष्ठ कलाकार राजकुमार पुडासैनीमाथि लागेकाे आराेपले स्तब्ध भएकाे छ र आराेपलाइ अत्यन्त गम्भिर रूपमा लिएकाे छ ।

समाचार प्रकाशन पश्चात्, वान वर्ल्ड थिएटरले अनुचित व्यवहार अनुभव गरेका महिलाहरूसँग प्रत्यक्ष कुराकानी गरेकाे छ । उहाँहरूसँगकाे कुराकानीले पुडासैनीले पहिलेदेखि नै त्यस्ताे अनुचित व्यवहार गर्ने गरेकाे र यसले दुर्व्यवहार अनुभव गर्ने महिलाहरूमा मानसिक तनाव सिर्जना गरेकाे देखाउँछ । पुडासैनीकाे व्यवहार दुराचारयुक्त तथा पदकाे दुरूपयाेग रहेकाे निश्कर्षमा वान वर्ल्ड थिएटर पुगेकाे छ ।

वान वर्ल्ड थिएटरले पुडासैनीसँग पनि निजकाे व्यवहारबारे कुराकानी गरेकाे छ । उहाँले आफ्नाे व्यवहारप्रति जिम्मेवारी लिनुभएकाे छ र सुधार्ने वाचा गर्नुभएकाे छ । हाम्रो र पुरै रंगमन्च समुदायको बिस्वास पुन: प्राप्त गर्न उनले पहिलो कदम स्वरुप सार्वजनिक तथा लिखित रुपमा आफ्नो दुर्व्यवहारको जिम्मेवारी लिंदै दुर्व्यवहार अनुभव गरेका सम्पूर्ण महिलाहरुसंग माफी माग्न अनिवार्य छ । यद्यपि, याे पहिलाे कदम मात्रै हाे र वान वर्ल्ड थिएटरसँग काम जारी राख्न उहाँले अझै सुधारका ठाेस कार्य गर्नुपर्छ ।

वान वर्ल्ड थिएटरले पुडासैनीलाई सुधारबादी निलम्बनमा राखेकोछ । उहाँलाई वान वर्ल्ड थिएटरकाे आगामी उत्पादन ब्रिफ क्यान्डलबाट हटाइएकाे छ र यसमा उहाँ कुनै पनि हैसियतमा सँलग्न हुनुहुने छैन । निलम्बनमा रहंदा उहाँलाई वान वर्ल्ड थिएटरले एक वर्ष को समयसम्म कुनै पनि निर्देशन वा प्रशिक्षण को काम दिनेछैन । यो अवधिमा उनलाई केहि काम दिनेभए कम्पनीका बरिस्ठ निर्देशकको सुक्ष्म निगरानीमा केवल कलाकार को रुपमा काम दिइनेछ । यो अवधिमा उहाँले अनिवार्य रुपमा आफ्नो आचरणको आत्म-आलोचना को लागि काउन्सेलिंग लिनु पर्ने छ । एक बर्ष को अवधिको अन्त्यमा यो सुधारबादी निलम्बनको मुल्यांकन गरिने छ र आगामी चरणहरु के हुनेछन भनेर निधो गरिनेछ ।

वान वर्ल्ड थिएटरकाे उत्पादनकै क्रममा पनि पुडासैनीबाट दुर्व्यवहार भएकाेप्रति वान वर्ल्ड थिएटर दुःखी छ । कम्पनीसँग काम गर्दाकाे अनुभव तनावपूर्ण भएकाेमा वान वर्ल्ड थिएटर अनु दाहालप्रति क्षमा याचना गर्दछ । त्यसैगरि, कम्पनीसँग काम गर्दा असहज स्थिति वा अनुचित व्यवहार महशुस गरेका सबैप्रति कम्पनी क्षमा याचना गर्दछ । वान वर्ल्ड थिएटर उहाँहरूकाे कुरामा विश्वास गर्छ र उहाँहरूकाे साथ दिने प्रतिवद्धता जाहेर गर्दछ । साथै उत्पीडनबारे महिलाहरूले आफ्ना अनुभव सार्वजनिक गर्दा ती बयानलाई नकार्ने, अस्विकार गर्ने र नितान्त व्यक्तिगत पीडालाई सबैकासामु राख्दै समाजमा समता र सम्मानकालागिआग्रह राख्ने महिलाहरूको साबितीलाई अपहेलना गर्न खोज्ने सबै व्यक्ति, संस्था तथा प्रयत्नको घोर भ्रत्सना गर्दछ ।

वान वर्ल्ड थिएटर कम्पनीमा र समग्र रङ्गमञ्च क्षेत्रमा याैन दुर्व्यवहारकाे विषय सम्बाेधन गर्नेतर्फ प्रतिवद्ध छ । यसका वरिष्ठ कम्पनी सदस्यहरूले याे पीडादायी तर आवश्यक प्रक्रियालाइ अन्तर्नीहित विषयहरूमा समिक्षा गरि प्रष्ट नीति तथा कार्यविधि निर्माणकाे लागि अवसरकाे रूपमा लिनेछन् । रङ्मञ्च सबैकाे लागि समावेशी सुरक्षित स्थान भएकाे सुनिश्चित गर्न वान वर्ल्ड थिएटर नेपालका अन्य सबै कम्पनीहरूलाई पनि यसाे गर्न आह्वान गर्दछ ।

डेबोरा मेरोला 
संस्थापक निर्देशक

सुश्रुत आचार्य 
प्रबन्ध निर्देशक

Leave A Comment