यति बेला नायिका वेनिशा हमालको प्रेमको चर्चा चुलिएको छ । कारण हमाल र निर्देशक सिमोस सुनुवारको आत्मिय तस्बिरहरु नै हुन् । उनीहरु कहिले हावामा उडिरहेको फोटो सााजिक सञ्जालमा पोस्ट गरेको देखिन्छ भने कहिले काँधमा चढिरहेको तस्बिर । यत्ति भएपछि प्रेमको चर्चा हुने नै भयो ।
यी दुईको कहिले सँगै मस्त त, कहिले अँगालो मारिएका तस्बिर समेत आइरहेका छन् ।
हरेक नयाँ ठाउँमा जाँदा यी दुई सँगै भेटिने गरेका छन् । यी दुबै टेलिभिजनहुँदै फिल्म क्षेत्रमा प्रवेश गरेका जोडी हुन् ।
केही दिन अगाडि सिमोसको जन्मदिनको अवसर पारेर यो जोडी विदेशका विभिन्न ठाउँमा घुम्न निस्किएका थिए । उनीहरुको निकै रोमान्टिक मुडमा खिचिएका तस्बिरहरु बाहिरिएको थियो ।
Leave A Comment