मेलिनाकाे नाैट‌ंकी

आइतबार, ०३ चैत २०७५, ०३ : २५ शुक्रवार
मेलिनाकाे नाैट‌ंकी

फिल्म ‘यात्रा’ले पुरानो फिल्म ‘आफ्नो मान्छे’मा समावेश सुपरहिट गीत ‘चट्ट रुमाल क्या मालुम’ रिमेक गरयो । गीत रिलिज कार्यक्रममा गीतको प्रतिक्रिया राम्रो आउने आशा राखेका रहेछन्, फिल्म निर्माण टोलीले तर निराश बन्नुपर्यो । रिमेक गीत त झ्यासै भइहाल्यो, कोरियोग्राफी पनि झुर भन्ने प्रतिक्रिया आयो । 

गीत झ्याँस हुनुको मूल कारण देखियो स्वर । पुरानो गीतमा उदित नारायण झा र साधना सरगमको आवाजको बानी परेका स्रोतालाई नयाँ संस्करणमा धर्मेन्द सेवान र मेलिना राईको स्वर जँचेन । त्यसैले त युट्युबमा गीत रिलिज भएसँगै ताली भन्दा गाली बर्सियो ।

गीत तलतिरको बक्स हेर्दा ‘थुक्क गीत बिगारेर मर्न नसकेकाहरु’, ‘कस्तो खल्लो भयो गीत पुरानै ठीक छ’, ओल्ड इज गोल्ड’ जस्ता प्रतिक्रियाले भरिएका छन् । 

गीतको नराम्रो प्रतिक्रिया पाएपछि गायिका मेलिना राईको पारो चढेछ । उनले गीत नराम्रो हुनुमा आफ्नो स्वरलाई हैन ‘टिमै नराम्रो’ भन्दै दोष दिइन् । आफूलाई दुईपल्ट गीत गाउन लगाए पनि नयाँ भर्सनको नराखेर थोत्रो गीत राखेको भन्दै मुर्मुरिइन् उनी । 

हो त मेलिनाजी, तपाईंको स्वर साधना सरगमको भन्दा कहाँ कम हो र ! त्यो गीत रेकर्ड गर्ने मेसिन नै खराब क्या ! यस्तै हो अब चित्त बुझाउनुस् ।
 

Leave A Comment