उत्साहित आइलिन

बिहिबार, २६ पुष २०७५, ०४ : ४१ शुक्रवार
उत्साहित आइलिन

तीन तीनपल्ट मिसक्यारिज भएपछि पनि सन्तानको चाहना पूरा गर्न आफ्नो डिम्ब फ्रिज गराएकी आइलिन होर्गान–वालेस अधवैंशे उमेरमा आएर निर्वस्त्र फोटोसुट गरेकी छन् ।

३९ वर्षीया आइलिनले खासमा महिला ४० वर्षपछि पनि उत्तिकै सेक्सी, ग्ल्यामरस रहन सक्छन् भन्ने प्रंमाणित गर्न आफूले निर्वस्त्र फोटोसुट गरेको दाबी गरेकी छन् ।

रियालिटी सो ‘बिग ब्रदर’की पूर्वस्टार उनले आफू पनि जिन्दगीका चार दशक टेक्न लागेकाले पछिल्लो समयलाई लिएर आफू निकै उत्साहित भएको बताएकी छन् । जन्मदिनको पूर्वसन्ध्यामा उनले आफ्नो जन्मदिनको उपहारका रूपमा रोलेक्स घडी किनेको र डिम्ब फ्रिज गराएको खुलासा गरेकी थिइन् ।

अहिले गरेको न्युड फोटोसुटका कलात्मक निर्वस्त्र तस्बिर पछि आफ्ना नाति नातिनालाई देखाउने उनले बताएकी छिन् । 
 

Leave A Comment