आर्मीलाई धनगढीमा प्रवेश निषेध

शुक्रबार, २० पुष २०७५, ०७ : १४ शुक्रवार
आर्मीलाई धनगढीमा प्रवेश निषेध

खेलाडी कुटेको भन्दै धनगढीमा आयोजना हुने सप्तड गोल्डकपको तेस्रो संस्करणमा नेपाली सेनाको विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि प्रतिबन्ध लागेको छ । गत वर्षको प्रतियोगितामा मैदानमा आफ्ना खेलाडीलाई कुटेको भन्दै आयोजक सुदूरपश्चिम ११ स्पोर्ट्स क्लबले आर्मीलाई प्रतियोगिता खेल्न नदिने निर्णय गरेको हो । 

गत वर्ष सर्लाहीमा आयोजना भएको राजश्री गोल्डकपमा आर्मीले सुदूरपश्चिमका खेलाडीलाई मैदानमै कुटेका थिए । आफूहरुले सम्मान गरेको क्लबका खेलाडीले दुव्र्यहार गरेकाले आर्मीलाई प्रतियोगितामा नलिने निर्णय गरिएको आयोजकले जानकारी दिएका छन् ।

पुस २४ बाट सुरु भएर माघ ५ सम्म सञ्चालन हुने  प्रतियोगितामा ‘ए’ डिभिजन लिगका थ्री स्टार, संकटा, गोर्खा ब्वाइज रुपन्देही, नेपाल पुलिस क्लब, काँकडभिट्टा ट्रेनिङ सेन्टर, एपीएफसँगै भारतको दिल्ली युनाइटेड भारतसहित १२ टिम सहभागी हुँदैछन्  । प्रतियोगिता विजेताले २१ लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
 

Leave A Comment