इलेक्ट्रो टेकमा मामा भाञ्जा

बुधबार, ११ पुष २०७५, ०४ : ३२ शुक्रवार
इलेक्ट्रो टेकमा मामा भाञ्जा

भृकुटीमण्डपमा जारी निक इलेक्ट्रो टेक २०१८ सक्किएको छ । नेपाल विद्युत व्यवसायी महासंघले आयोजना गरेको टेक पुस ६ गतेदेखि शुरु भएको थियो । पाँच दिन चलेको टेकमा ९० हजार बढीले अवलोकन गरेका थिए । टेकमा मामा भाञ्जा ट्रेडर्स प्राली लगायतकाको सहभागीता थियो ।

महासंघले सन् १९९६ देखि २–२ वर्षको अन्तरालमा टेकको आयोजना गर्दै आएको छ । प्रर्दशनमा स्मार्ट प्रविधी र कम विद्युत खपत हुने विद्युतिय सामाग्रि राखिएको थियो । मामा भाञ्जा ट्रेडर्सले पनि स्मार्ट प्रविधीहरु स्टलमा राखेको थियो । मामा भाञ्जा ट्रेडर्सको स्टलमा राखिएका सामाग्रि अवलोकर्ताले रुचाएका थिए ।
 

Leave A Comment