बेइमानी सिक्दै गुरिल्ला

आइतबार, ०८ पुष २०७५, ०४ : ०३ शुक्रवार
बेइमानी सिक्दै गुरिल्ला

प्रायः हामीले बाँदरबीच एकअर्काले खाने खाना चोरेको र चोर्न नपाए एकअर्कामै कुटपिट गरेको देखेका छौँ तर लामो समयदेखि गुरिल्लामाथि शोध गरिरहेका वैज्ञानिकहरुले भने गुरिल्लाहरु पनि बेइमानीमा कम नभएको बताउन थालेका छन् ।

बेलायतमा गुरिल्लामाथि गरिएका कयौँ प्रयोगमा उनीहरुमा पनि मानवीय प्रवृत्तिमा खतरनाक मानिने बेइमानीजस्ता अवगुण रहेको पाइएको हो । प्रयोगका क्रममा एउटा चिडियाखानामा बस्ने गुरिल्लाहरुको समूहमा एउटा डिभाइस राखिएको थियो । यो डिभाइसले गुरिल्ला समूहलाई मुङफली (बदाम) नदिई उनीहरु छेउ हुँदै एउटा निश्चित ठाउँमा पु¥याइन्थ्यो । यो कुरा हेरिरहेका केही गुरिल्लाले त्यो डिभाइसलाई बिगारेर बदाम हात पार्ने सहज तरिका खोजी छाडे ।

बेलायतको ब्रिस्टल चिडियाघरका डाक्टर फे क्लार्क भन्छिन्, ‘हामीले यस प्रयोगका दौरान गुरिल्लाभित्र कयौँ बेइमानीका तरिकाहरु देख्यौँ । उनीहरुले मुख प्रयोग गरी बदामका दाना फ्याँकिदिए । उपकरण बिगारिदिए ।’ यस घटनाले उनीहरुले कसरी सहज रुपमा आफ्नो खाना हात पार्ने भन्ने उनीहरुको व्यवहार प्रस्ट्याएको उनको धारणा थियो । आफूलाई आवश्यक पर्ने खाना प्राप्त गर्न उनीहरुले नयाँ तरिका खोजी निकाल्ने उनीहरुको व्यवहार बारे यसले स्पष्ट देखाएको छ ।

उनी भन्छिन्, ‘गुरिल्लासँग आइपरेका समस्या समाधान गर्ने अद्भूत क्षमता हुन्छ भन्ने कुरा यसअघि हामीले देख्न पाएका थिएनौँ ।’

चिडियाघरमा कुनै बाधा ल्याउने र त्यो बाधा समाधान गर्ने खेल यसै वर्षदेखि सुरु गरिएको थियो । चिडियाघरमा कार्यरत वैज्ञानिकहरु भन्छन्, ‘यहाँ त्यो खेल गुरिल्लाहरुबीच निकै लोकप्रिय छ ।’
लुप्त भइसकेका जनावरको श्रेणीमा पर्ने यी गुरिल्ला प्रायः यस्तो खेल जित्नका लागि त्यहाँ बदामजस्ता चिजबिज नभए पनि खेलिरहेका हुन्छन् । 

बेलायतको युनिभर्सिटी अफ ब्रिस्टल र ब्रिस्ट्रल जुलोजिकल सोसाइटीले गुरिल्ला गेम ल्याब प्रोजेक्ट विकसित गरेको हो । यसको एउटै मात्र उद्देश्य गुरिल्लाको ज्ञान र समस्या समाधान गर्ने क्षमतालाई प्रोत्साहित गर्नु हो । केही वैज्ञानिकहरुले त उनीहरुको समस्या सुल्झाउने उनीहरुको क्षमता मानिसको भन्दा सात गुणा बढी हुने आँकलन गरिरहेका छन् । प्रोजेक्टमा जोडिएका शोधकर्ताहरुले यस प्रोजेक्टको उद्देश्य गुरिल्लामा सकारात्मक मनोवैज्ञानिक स्थिति र खुसीको भाव उत्पन्न गर्नु रहेको बताएका छन् ।


जिन परिवर्तन गरी सन्तान जन्माइएको दाबी
एक जना चिनियाँ वैज्ञानिकले जुम्ल्याहा शिशु जन्मनुअघि नै उनीहरुको जिन (आनुवांशिक) परिवर्तन गरेको दाबीले सर्वत्र हलचल मच्चिएको छ । उनले युट्युबमा भिडियो हाली आफूले गरेको प्रयोगबारे बताएका हुन् । वैज्ञानिक हे जियानकुईले आफूले संसारकै पहिलो जिनोम परिवर्तन गरिएका शिशु जन्माउन सफल भएको बताएका हुन् ।

यसबाट उनीहरुलाई एचआइभी एड्सबाट बचाउन सकिने उनको दाबी छ ।
जिन परिवर्तन गरी उनले सात जना दम्पतीको बाँझोपनसमेत उपचार गरेको उनको दाबी छ । यसका लागि उनले भू्रणहरुलाई परिवर्तन गरेको र एक जना सन्तान समेत जन्माउन सफल भएको उनको दाबी छ । पछिल्लो समय चर्चामा आएका एउटा जुम्ल्याहा जोडी बढी चर्चामा आउनुको कारण भने उनीहरुको डिएनए सिआरआइएसपीआर प्रविधिबाट परिवर्तन गर्नु हो ।

यसो गर्नुको उद्देश्य कुनै वंशानुगत रोगको उपचार अथवा त्यसको रोकथाम गर्नु नभई एचआइभी एड्सको भाइरसले भविष्यमा संक्रमण नगरोस् भनी तिनको क्षमता बढाउनु भएको उनले बताएका छन् । यो जिन सम्पादनपछि उनीहरुको प्रतिरोधात्मक क्षमता प्राकृतिक रुपमै बढ्ने अपेक्षा उनले लिएका छन् ।

यो प्रयोग गरिएका सन्तान कसका हुन् ? बाबुआमा किन यस किसिमको प्रक्रियाका लागि सहमत भए भन्ने विषयमा वैज्ञानिक जियानकुईले बताउन अस्वीकार गरेका छन् । उनले यी सन्तानका अभिभावक कहाँ बस्छन् र कहाँका हुन् अनि उनले यो प्रयोग देशको कुन ठाउँमा गरेका थिए भनी बताउनसमेत अस्वीकार गरेका छन् ।

जियानकुईले आफ्नो अनलाइन साइटमा गरेको दाबीअनुसार एआइटी टेक्नोलजी रिभ्युको इन्डस्ट्रियल जर्नलमा लेख प्रकाशन गरेका थिए । उनको यो भिडियो सार्वजनिक भएपछि वैज्ञानिकहरुबीच बहस सुरु भएको छ । जियानकुईका अनुसार, ‘लुुलु’ र ‘नाना’ नामक यी दुई जना दिदीबहिनीलाई कृत्रिम गर्भाधान क्रिया आइभिएफ प्रविधिबाट जन्माइएको थियो र गर्भमा प्रवेश गर्नुअघि नै वीर्यमा रहेका अण्डाणुमा परिवर्तन गरिएको थियो । जियानकुई भन्छन्, ‘शुक्राणु प्रवेशपछि भ्रूण वैज्ञानिकहरुले सिआरआइएसपीआर प्रोटिन पनि प्रवेश गराए । यसको उद्देश्य यी बालिकाहरुलाई एचआइभी संक्रमणबाट जोगाउनु थियो ।’

अनुसन्धानकर्ताको यस दाबीलाई स्वतन्त्र रुपमा कसैले पनि पुष्टि गर्न सकेको छैन । यस प्रक्रियालाई विस्तारमा कुनै शोधले पनि प्रकाशन गरेको छैन र कुनै पनि अन्य विशेषज्ञहरुले यसमा हो वा होइन भन्नेबारे स्वीकृति जनाएको छैन ।

एमआइटी टेक्नोलजी रिभ्युले भने यस किसिमको प्रयोग नैतिक रुपमा सही नभएको बताएको छ । उसले भनेको छ, ‘भ्रूणमा गरिएको परिवर्तनले भविष्यका पिँढीलाई विरासतमा हामीले के दिइरहेका छौँ भन्नेबारे आफैँ जानकार छैनौँ । यो परिवर्तनले उनीहरुको सम्पूर्ण जिनलाई नै प्रभावित तुल्याउन सक्छ ।’

डिएनएलाई परिवर्तन गर्ने मुद्दा निकै विवादास्पद छ र अमेरिकाको एउटा ल्याबरोटरीले मात्र यसमाथि हुने प्रयोगका लागि स्वीकृति पाएको छ । विगतका वर्षमा अमेरिकी वैज्ञानिकहरुले सुँगुरको पाठोमा जेनेटिक कोडलाई सफलतापूर्वक परिवर्तन गरेको खबर सार्वजनिक भएको थियो ।

खासमा भाइरल संक्रमणबाट बचाउनका लागि यस्तो परिवर्तन उपयुक्त हुनसक्ने वैज्ञानिकहरुको राय छ । हुन त चीनमा मानिसको भ्रूणका साथ गरिएको प्रयोग यो पहिलो भने होइन । गएको सेप्टेम्बरमा सन यात् सेन विश्वविद्यालयका वैज्ञानिकहरुले जिन एडिटिङको सुरुवाती संस्करण प्रयोग गरेका थिए । यस किसिमको सम्पादित मानवीय भ्रूणलाई परिवर्तन गराउने रोगलाई निको पार्ने दाबी गरिएको थियो ।

यस किसिमको वैज्ञानिक प्रयोग गरिँदा निकै सावधानी अपनाइनुपर्ने यसका विरोधी वैज्ञानिकहरुको चेतावनी छ । म्यासाचुसेट युनिभर्सिटीमा दर्शनशास्त्रका सहायक प्राध्यापक निकोलस इभान्सले ट्वीटरमा चिनियाँ वैज्ञानिकको दाबीलाई ‘जंगली प्रयोग’ भनी तीखो टिप्पणी गरेका छन् । ‘युट्युबमार्फत् वैज्ञानिक प्रयोग देखाउनु ठूलो समस्या हो किनभने त्यहाँ उनले वैज्ञानिक पद्धति र सहकर्मीसँग समीक्षा गरेको पाइएन,’ उनले लेखेका छन् ।

कोलम्बिया विश्वविद्यालयमा बायोकेमेस्ट्रीका सहायक प्राध्यापक स्याम स्टर्नबर्गले टिप्पणी गर्दै भनेका छन्, ‘चिनियाँ वैज्ञानिकको शोधको उद्देश्य जीवनलाई खतरामा पु¥याउने आनुवांशिक रोगबाट बचाउनु थिएन । एचआइभी नै नभएको बालिकाको जिन सम्पादन गरेर यसले एचआइभीबाट जोगाउँछ भन्नुको कुनै तुक छैन ।’

यस विषयमा सरकार र विज्ञान जगतले अनुमति दिनुहुन्छ कि हुँदैन भन्नेबारेमा जियानकुईले भनेका छन्, ‘मैले अहिले जे काम गरेँ, त्यो भविष्यको हितमा गरेको हुँ र यो कुराको फैसला पनि भविष्यको समाजले नै गर्नेछ । अहिलेको समाजले भविष्यका समस्याका बारेमा निष्कर्ष सुनाउनु कुनै हालतमा ठीक होइन ।’


तपाईंको उमेर निर्धारित गर्ने तत्व

डिएनए
लामो उमेरका लागि राम्रो जिन हुन जरुरी हुन्छ । हाम्रा आमाबुबाबाट हामीले जिन पाउने गर्छौं । जो आमाबुबा लामो उमेर बाँच्छन्, तिनका सन्तानको उमेर पनि लामै हुन्छ । यसको खास कारण त्यही जिन र डिएनएमा लुकेको छ । उपयुक्त जिनका कारण हाम्रो जीवनको आयु बढ्ने सम्भावना बढी हुन्छ । हाम्रो उमेर कति हुने भन्ने कुरा हाम्रा बाबुआमाको डिएनएको २५ देखि ३० प्रतिशत असर पर्ने गर्छ ।

लिङ्ग
सामान्यतः पुरुषभन्दा महिला अलि लामो समय बाँच्छन् । यस्तो किन हुन्छ त ? यसको उत्तर हाम्रो क्रोमोजोममा लुकेको वैज्ञानिकहरुको दाबी छ । महिलाहरुमा दुई वटा एक्स क्रोमोजोम हुन्छन्, पुरुषमा एउटा एक्स र अर्को वाई क्रोमोजोम हुन्छ । वाईमा केही गडबडी भयो भने एक्सले कुनै सहयोग गर्न सक्तैन तर महिलाको एउटा क्रोमोजोममा भएको गडबडीमा अर्कोले भरथेग गर्छ । त्यसैले पनि पुरुषको जिनमा खराबी बढी देखिन्छ ।

खानपिन
राम्रो स्वास्थ्यका लागि उचित खानपिन अति आवश्यक हुन्छ । जस्तो कि, मेडिटरेनियन डाइट अर्थात् भूमध्यसागरको क्षेत्रमा बस्ने मानिसको खानपिनमा ओलिभ आयल, हरियो सागपात र सलाद खाने भएकाले उनीहरुको उमेर लामो हुन्छ । त्यसो त हामीले दिनभरिमा कति क्यालोरी खाना खान्छौँ, त्यसले पनि हाम्रो उमेर निर्धारित गर्ने गर्छ । उचित आहारका कारण हाम्रो तौल नियन्त्रण हुन्छ र उमेर लामो हुन्छ ।
बानी व्यवहार
अमेरिकामा भएको एउटा शोधले जो मानिस आफ्नो बढ्दो उमेरसँगै सकारात्मक जीवन व्यवहार देखाउँछन्, उनीहरु लामो आयु बाँच्छन् । शोधअनुसार रिटायर्डपछि आरा मगर्ने मानिसहरुको तुलनामा आफूलाई व्यस्त राख्ने मानिसहरु चार वर्ष बढी बाँचेको पाइएको छ । अर्थात्, वृद्धावस्थामा व्यस्त हुँदा हाम्रो उमेर बढ्छ ।

कसरत
नियमित रुपमा कसरत गर्दा र हिँडडुल गर्ने बानी पार्दा पनि स्वास्थ्य र उमेरलाई फाइदा पुग्ने देखिएको छ । जो मानिस बिहान उठेर कसरत, जगिङ गर्छन्, उनीहरुले बुढेशकालमा दौडधुप नगरे पनि पहिलेको कसरतका कारण फाइदा पाउँछन् । कसरत गर्नु भनेको लामो आयुका लागि आफूलाई तयारी गर्नु हो ।
 

Leave A Comment