लिलामीको १० प्रतिशत समाजसेवामा

बिहिबार, ०६ जेठ २०७३, ०३ : ११
लिलामीको १० प्रतिशत समाजसेवामा

अमेरिकी मोडल तथा टीभी स्टार किम कार्दाशियनले सन् २०१४ मा मात्रै दुई लाख डलरजतिका आफ्ना निजी सामग्री लिलाम गरेको सार्वजनिक भएको छ । लिलामीबाट प्राप्त रकममध्ये केही रकम उनले समाजसेवामा संलग्न विभिन्न संघसंस्थालाई सहयोग गरेको समाचारमा जनाइएको छ ।
‘किमले आफ्ना सामानहरूको अनलाइन लिलामी गराएकी थिइन् । यसबाट प्राप्त भएको रकम उनले समाजसेवामा लगाइन् । सामान बेचेर जति पैसा उनको हातमा परेको थियो, त्यसको १० प्रतिशत उनले समाजसेवामा खर्च गरिन्,’ समाचारमा भनिएको छ ।

Leave A Comment