दुनियाँकै महँगी सेलिब्रिटी

सोमबार, १० साउन २०७३, १२ : १० शुक्रवार , Kathmandu
दुनियाँकै महँगी सेलिब्रिटी

अमेरिकी व्यापारसम्बन्धी जानकारी दिने पत्रिका ‘फोब्र्स’ का अनुसार सर्वाधिक महँगी सेलिब्रिटी हुन्, गायिका टेलर स्विफ्ट । वेबसाइट रिपोर्टका अनुसार पत्रिकाले वार्षिक ‘सेलिब्रिटी १००’ को सूची जारी गरेको छ । जसमा २६ वर्षीया गायिका शीर्ष स्थानमा छिन् ।
स्विफ्टले जुन २०१५ देखि जुन २०१६ का बीच १७ करोड डलर कमाएकी छिन् । ‘एप्पल’, ‘डाइट कोक’ लगायत कम्पनीसँग गरिएका करारबाट पनि उनले कमाउने गरेकी छिन् । गत वर्ष जारी सूचीमा स्विफ्ट आठौँ स्थानमा थिइन् ।

Leave A Comment