साम्राज्ञीलाई बोक्सी भनेपछि

सोमबार, ११ असार २०७५, १२ : २८ शुक्रवार
साम्राज्ञीलाई बोक्सी भनेपछि

हिटको संख्या धेरै नभए पनि हट अवतारले नायिका साम्राज्ञी शाह प्रायः चर्चामा छाइरहन्छिन् । व्यक्तिगत सम्बन्ध खुलाउन धक नमान्ने उनी सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय छिन् र बेलाबखत ट्रोलमा पनि पर्छिन् ।

सामाजिक सञ्जालमा उनले पोस्ट गर्ने अधिकांश फोटो स्विट र हट दुवै मिसिएको हुन्छ । अधिकांशले उनको तस्बिरलाई स्विट, हट, लाइक अ क्विन भन्दै कमेन्ट गर्ने गरेका छन् । तर सधै‌ राम्रा कमेन्ट मात्र कहाँ आउँछ र । यसै साता उनले फेसबुकमा पोस्ट गरेको इनोसेन्ट फेसवाला तस्बिरबारे प्रतिक्रिया दिनेक्रममा एक प्रशंसकले लेखेका छन् ‘कस्तो बोक्सीजस्तो हो ।’

तर तस्बिरमा उनी बोक्सी जस्तो देखिएकी भने छैनन् । बोल्ड लुक्सको साटो इनोसेन्ट लुक्स देखिएको छ उनको तस्बिरमा । 

Leave A Comment