परिवारको ख्याल गर्ने मेल

बिहिबार, ०६ जेठ २०७३, ०३ : ०५
परिवारको ख्याल गर्ने मेल

बेलायती मोडल तथा अभिनेत्री मेल बी असाध्यै व्यस्त छिन् । कार्यक्रम सञ्चालक, टेलिभिजन कार्यक्रम प्रस्तोता, लेखक आदि रहेकी उनी हरबखत कुनै न कुनै काममा धपेडी गरिरहेकी हुन्छिन् । यति हुँदाहुँदै पनि उनले परिवारका लागि समय निकाल्ने गरेकी छिन् ।


हालसालै उनी अमेरिकी शहर लस एन्जलसको एउटा रेस्टुरेन्टमा देखापरेकी थिइन् । त्यहाँ उनी पति स्टिफेन बेलाफोन्ट र छोरीहरू एन्जल र आइरिससँग थिइन् । दुई छोरीलाई घुमाउन निस्किने क्रममा उनी परिवारसँग खाना खान रेस्टुरेन्ट पुगेकी थिइन् ।


‘ज्यादै व्यस्त भएको बेला पनि उनले घरका सदस्यको हालचाल, सञ्चोबिसञ्चो सोध्ने गरेकी छिन् । परिवारसँग दूरी बढेको महसुस हुनासाथ उनी सपरिवार कतै घुम्न जाने गरेकी छिन् । यसलाई उनले स्वभाव नै बनाइसकेकी छिन्,’ उनीनिकट स्रोतलाई उद्धृत गर्दै समाचारमा भनिएको छ ।

Leave A Comment