गएको साताभरि बेलायती राजकुमार ह्यारी र अभिनेत्री मेगन मार्केलको शाही बिहेको चर्चा शिखरमा रह्यो । भारतीय मिडियामा भने चर्चा अभिनेत्री प्रियंका चोपडाको हाई हिलको भयो ।
बिहेको भोजमा निम्त्याइएका विदेशी दुई सय जनामध्ये प्रियंका चोपडा पनि एक थिइन् । भोजमा जाँदा जुन पहिरन प्रियंकाले लगाएकी थिइन्, त्यसको भन्दा उनले लगाएको हाई हिलको चर्चा हुन पुग्यो ।
प्रियंकाले लगाएको हाई हिलको नाम जिम्म चु हो । उनको कपडादेखि हिलसम्मको डिजाइन भिभियन वेस्टवुडले डिजाइन गरेका थिए । उनले लगाएको हाई हिलको मूल्य भने डेढ लाख भारु रहेको बजार हल्ला छ ।
उनको यस पहिरनलाई लिएर केही मिडियाको ट्विटर ह्यान्डलबाट तस्बिर पोस्ट गरेपछि उनले पनि त्यसलाई रिट्वीट गरेकी थिइन् ।
Leave A Comment