लेडी ‘ट्रम्प’

सोमबार, २४ बैशाख २०७५, ११ : ५४ शुक्रवार
लेडी ‘ट्रम्प’

संसारमा उस्तै अनुहार भएका मानिस अर्को पनि हुन्छ भनिन्छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जस्तै अनुहार भएको मानिस भेटिएको छ । ठ्याक्कै ट्रम्प जस्तो देखिने व्यक्ति पुरुष नभएर एक महिला हुन् । उनी स्पेनको एक गाउँमा बस्छिन् । 

दोलोरेस लेइस एन्तेलो ४० वर्षदेखि पतिसँग स्पेनको काबाना डे बेग्रान्टिनोसमा बस्दै आएकी छन् । उनीसँग फोन र कम्प्युटर केही पनि छैन तर पनि उनी भाइरल भएकी छन् । पत्रकार पाउला भास्क्वेजले फोटो खिचेपछि उनी चर्चामा आएकी हुन् । 

हालैको आँधिले पु¥याएको क्षतिपछि किसानहरु कसरी बसिरहेका छन् भनेर समाचारका लागि पत्रकार भास्क्वेज सो गाउँमा पुगेका थिए । त्यसै समयमा उनले एन्तेलो हातमा कोदालो बोकेर फोटो खिचेका थिए । ‘दोलोरेस खेततिर बन्दाकाउली टिप्न जाँदै थिइन्,’ स्पेनी भाषाको पत्रिकासँग भास्क्वेजले भनेका छन्, ‘मैले केही समय उनीसँग कुराकानी गरे । गःलफ्रेन्डले उनको फोटो खिच्दै थिइन् र त्यसै समय मैले सेल फोनबाट उनको फोटो खिचेँ ।’ 

भास्क्वेजलाई फोटो राम्रो लाग्यो र इन्टाग्राममा पोस्ट गरे । त्यसबेलासम्म उनलाई अमेरिकी राष्ट्रपति ट्रम्पजस्तो देखिने लागेको थियो तर अन्य मानिसले ट्रम्पजस्तो देखिएको पत्ता लगाए । फोटो भाइरल भयो । फोटो ८ हजारभन्दा बढी फेभरेट र ४ हजार ७ सयभन्दा बढी पटक रिट्विट भयो ।  

दोलोरेसलाई भेट्न अरु पत्रकारहरु पनि पुगे तर उनले कपालको रङका कारण विश्वभर फैलिएको होला भनेर त्यस विषयलाई खासै महत्व दिइनन्, न त डोनाल्ड ट्रम्पले नै त्यसलाई मतलब गरे किनभने उनले अहिलेसम्म त्यो फोटो रिट्विट गरेका छैनन् । 
 

Leave A Comment