प्रियंकाको बढ्यो भाउ

शुक्रबार, ०७ साउन २०७३, १२ : ५० शुक्रवार , Kathmandu
प्रियंकाको बढ्यो भाउ

अभिनेत्री प्रियंका चोपडाले गत मार्चमा रिलिज फिल्म ‘जय गंगाजल’ पछि कुनै फिल्म साइन गरेकी छैनन् । अहिले उनी आफ्ना हलिउड प्रोजेक्ट ‘क्वान्टिको’ र ‘बेवाच’लाई प्राथमिकता दिइरहेकी छिन् । केही दिनअघि मात्र उनी भारत आइन् तर उनले कुनै पनि फिल्म साइन गरिनन् । यस भ्रमणमा केही निर्देशकसँग भने उनले भेट गरेकी छिन् । र, कथा पनि सुनिन् । तर, कुनै प्रोजेक्टसँग आबद्ध चाहिँ भएकी छैनन् । बलिउडकर्मीका अनुसार अब प्रियंका त्यही फिल्ममा आबद्ध हुन चाहन्छिन् जसमा उनलाई लिड रोल दिइयोस् । प्रियंकाले ‘जय गंगाजल’ का लागि चार करोड भारु लिएकी थिइन् भने ‘बाजीराव मस्तानी’ मा उनको फिस पाँच करोड थियो । अब उनको फिस साढे १२ करोड भएको छ ।

Leave A Comment