स्वस्तिमाको छलाङ

सोमबार, १० बैशाख २०७५, ०२ : ०५ शुक्रवार
स्वस्तिमाको छलाङ

फिल्मको पर्दाबाहिर कसैले स्वस्तिमालाई देख्दो हो त, उसलाई स्वस्तिमा हिरोइन हुन् भन्ने पत्याउन पनि गाह्रो पर्छ । सानो ज्यान, साना हात खुट्टा, सानो अनुहार । कुल मिलाएर हिरोइनमा चाहिने खँदिलो शरीर स्वस्तिमाको हुँदै होइन । तर भगवान दाहिने भएपछि कसको के लाग्छ ?

सबैभन्दा पहिले त उनलाई निश्चल बस्नेतले मन पराए, जो उद्योगमा टप फाइभ निर्देशकमध्ये पर्छन् । त्यसयता उनको भागमा ‘कुटुमा कुटु’ पर्यो, जो इतिहासकै सर्वाधिक हेरिने गीतको रुपमा दर्ज छ । पछिल्लो समय उनले ठूलो ब्यानरका फिल्ममा समेत स्थान पाउन थालेकी छन् । ‘छक्का पञ्जा २’मा राम्रो भूमिका पाएकी स्वस्तिमाले अशोक शर्माको ‘जय भोले’ शीर्षकको फिल्ममा पनि एक्ली हिरोइनको रुपमा अभिनय गरेकी छन् । ‘नाइँ नभन्नू ल ५’ मा पनि स्वस्तिमाले चल्तीका हिरोइनलाई पाखा लगाउँदै मुख्य भूमिका हत्याएकी छन् । ‘नाइँ नभन्नू ल’ कै सन्तान वर्षा सिवाकोटी र वर्षा राउतले स्वस्तिमाकै कारण देखाउँदै फिल्मको पाँचौं शृंखलाबाट हात झिकेका थिए  । यस्तोमा स्वस्तिमा केही समयमा नै एक नम्बरको हिरोइन बनिन् भने आश्चर्य नमाने हुन्छ । 

Leave A Comment