क्यामरुनका खेलाडी भागे

सोमबार, १० बैशाख २०७५, ०१ : ३९ शुक्रवार
क्यामरुनका खेलाडी भागे

कमनवेल्थ खेलकुदका लागि अस्ट्रेलिया पुगेका क्यामरुनका ८ जना खेलाडी भागेका छन् । उनीहरु बस्दै आएको होटलमा नभेटिएपछि क्यारुनका खेल अधिकारीले स्थानीय प्रहरीलाई जानकारी गराएका थिए ।
क्यामरुनका खेल अधिकारीका अनुसार भारोत्तोलनका ३ जना र बक्सिङका  ५ जना खेलाडी सम्पर्कबाहिर पुगेका हुन् । उनीहरुसँग आगामी मे १५ सम्मको आधिकारिक भिसा छ । भाग्नेमध्ये केहीले आफ्नो खेलसमेत खेल्न बाँकी छ ।
अस्ट्रेलियाली सरकारले खेलाडीलाई तोकिएको भिसाभन्दा बढी समय अस्ट्रेलियामा रहन स्वीकृति नदिने स्पष्ट पारेको छ । कमनवेल्थ खेल एसोसिएसनले भिसाको अवधिसम्म खेलाडीलाई यात्राका लागि कुनै रोकतोक नलगाइने बताएको छ ।

Leave A Comment