‘रानीमहल’मा पूर्व मिस नेपाल

सोमबार, १० बैशाख २०७५, ०१ : १७ शुक्रवार
‘रानीमहल’मा पूर्व मिस नेपाल

सन् २०१७ की मिस नेपाल निकिता चन्दले फिल्म खेल्ने भएकी छिन् । उनले ‘रानीमहल’ शीर्षकको फिल्ममा अभिनयका लागि आइतबार हस्ताक्षर गरेकी छिन् । दुई महिनाअघि घोषणा भएर फ्लोरमा जाने तयारीमा रहेको फिल्ममा निकिताले अभिनयका लागि सम्झौता गरेको निर्माण कम्पनी स्वस्तिक फिल्मले जनाएको छ ।

निर्देशक हिमाल न्यौपानेले पहिले घोषणा भएका केही नामको साटो नयाँ अनुहार भित्र्याउँदै फ्लोरमा जाने तयारीमा रहेको बताए । ‘निकिताजी फाइनल भएसँगै हामी सुटिङमा जानका लागि तयार भएका छौं । वैशाखको दोस्रो हप्तासम्ममा फ्लोरमा गइसक्नेछौं,’ न्यौपानेले भने ।

दुई महिनाअघि नै फ्लोरमा जाने तयारीमा रहेको फिल्मको पर्याप्त तयारी नपुगेपछि निर्माण टिमले सुटिङ रोकेको थियो । भनेको समयमा सुटिङमा नगएपछि वर्षा सिवाकोटी, प्रशान्त ताम्राकार र आशिष अधिकारीले फिल्म छाडेका थिए । निर्देशक न्यौपानेले वर्षाले गर्न लागेको रोलमा निकिता र ताम्राकारले गर्ने भूमिकाका लागि अर्जुनजंग शाही फाइनल भएको बताए । फिल्ममा प्रितमराजले आशिषलाई रिप्लेस गरेका छन् ।

Leave A Comment