लाइबेरियाम फ्रिडा

बुधबार, ०५ साउन २०७३, १२ : २६ शुक्रवार , Kathmandu
लाइबेरियाम फ्रिडा

हलिउड अभिनेत्री फ्रिडा पिन्टो अहिले लाइबेरियामा छिन् । कुनै फिल्मको छायांकनका सिलसिलाम उनी त्यहाँ पुगेकी भने होइनन् । सामाजिक काममा सरिक भएर उनी लाइबेरिया पुगेकी हुन् ।
ओस्कर विजेता फिल्म ‘स्लमडग मिलेनियर’की अभिनेत्री फ्रिडा केही साताअघि ‘लेट गल्र्स लर्न’ नामक सामाजिक अभियानमा सरिक भएकी थिइन् । युवतीहरूलाई शिक्षाको अवसर दिलाउने उद्देश्यले सुरु गरिएको यस अभियानमा अमेरिकी राष्ट्रपति बाराक ओबामाकी पत्नी मिसेल ओबामासमेत सामेल छिन् । मिसलेकै आग्रहपछि फ्रिडा अभियानमा सरिक हुन मञ्जुर भएकी थिइन् । र, अभियानकै कामको सिलसिलामा उनी  लाइबेरिया पुगेकी हुन् ।

 

Leave A Comment